logo

न मेयर न साँसद तर नागरिक जीवनरक्षाको लडाईमा अग्रपंक्तिामा रहेका अन्सारी पनि कोरोनासंग जुध्दै

      8/3/2020 गते 00 00 मा प्रकाशित     2110   पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी बीरगंज महानगर कमिटीका अध्यक्ष एवं गण्डक अस्पतालका संचालक रहवर अन्सारीमा पनि कोरोना भाइरसको संक्रमण देखा परेको छ । 

 


गत शुक्रवार शिक्षण अस्पताल काठमाण्डौमा स्वाब परिक्षणकालागि दिनु भएको थियो । आज अस्पतालले उहाँलाई कोरोना संक्रमण  पोजेटिभ देखिएको सूचना गरेको हो । गत शुक्रवार स्वाब परिक्षणकोलागि शिक्षण अस्पतालमा दिएको थिए अन्सारीले भन्नु भयो “ आज एक बजेतिर अस्पतालले कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ आएको  जानकारी गराएको छ । 

 


उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोना संक्रमण पछिका कुनै पनि लक्षण देखा नपरेको उहाँले बताउनु भयो ।उहाँ काठमाण्डौमा आफनै निवासमा आइसोलेटेड हुनुहुन्छ । बीरगंज महानगरका प्रमुख बिजय कुमार सरावगीलाई कोरोना पुष्टि भएको दिन देखी नै नेता अन्सारी होम क्वारेन्टिनमा रहनु भएको थियो । 


कोरोना बिरुद्धको लडाईमा आफनो निजी अस्पताल निशुल्क कोभिड अस्पताल बनाउन दिएर नागरिकको जीवर रक्षाको महान काम गर्नु भएका अन्सारीलाई सामाजिक संजाल मार्फत कोरोना भाइरसको संक्रमण जितकालागि शुभेच्छाहरु जाहेर भएका छन । 


बीरगंज महानगरको प्रमुख र पर्सा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा १बाट  प्रदेश सभा सदस्यमा गएको निर्वाचनमा उम्मेदवार हुनु  भएका अन्सारीलाई दुबै निर्वाचनमा जनमतले अस्वीकार गरेको थियो ।

 

उहाँ न त मेयर न त सांसद पार्टीक कमिटीको जिम्मेवारीमा रहेको मान्छे  । तर बीरगंजमा कोरोना भाइरसको संक्रमणको यो अवस्थाको आकंलन सहित आफनो अस्पतालमा कोरोना संक्रमीत नागरिकको उपचार गर्नकालागि निशुल्क दिएर सवल र सक्षम नेतृत्वको बिशेषता प्रर्दशन गर्नु भयो । 


साउन १८ गते अस्पतालको सम्झौता सकिदै गर्दा उहाँले अस्पताल थप तीन महिनाकालागि उपलब्ध गराउने निर्णय गर्नु भयो । उहाँको निर्णयका कारण बीरगंजबासीले राहतको अनुभव गर्न सकेका थिए ।

 

अन्सारीको अस्पताल दिने कदमलाई “राजनीतिक स्टण्ट” भन्नेहरु बीरगंजमै छन ।  निशुल्क दिएकोले रकम भूक्तानी लियो भन्दै अन्सारी र अस्पताललाई धारे हात लाउने अमानवीय तत्वहरु अहिले पनि छन । तर कुने कुराले नागरिक सेवामा बिचलित गराउन नसेकेको अन्सारीलाई कोरोनाले पनि बिचलित गराउन नसक्ने बिश्वास मध्यतराईका बासिन्दामा रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

जगदम्बा स्टिल्सको भट्टीमा एक्कासी बिष्फोट,एक घाइते, अपुष्ट समाचार प्रक्षेपण नगरिदिन उधोगको अपिल

सीमरा । जगदम्बा स्टिल्स उधोगमा बुधवार राती बिष्फोट भएको छ । भट्टीमा भएको बिस्फोटमा परि भारत, बिहार राज्य, समस्तिपुर घर भई यसै कारखानामा कार्यरत वर्ष ३५ को अजय बैठा घाईते भएका छन ।

प्रविधिको बिकाससंगै पत्रकारहरुको सीप पनि बिकास हुनु आवश्यक छः संयोजक लामिछाने

वीरगंज । वीरगंज महानगरपालिकाको आर्थिक सहयोगमा श्री राधेमाई सामुदायिक विकास संस्थाको आयोजनामा पत्रकार महिलाकोलागि तीन दिने क्षमता अभिवृद्धि तालिम बुधबारदेखि वीरगंजमा सुरु भएको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.