logo

सुन तस्करीका नाइके दावा संग डिल गर्ने अध्यागमनका महानिर्देशक अधिकारी मंत्रालयमा तानिए

 इसीमाना सम्वाददाता     २०८० भदौ ७ गते ०६: २८ मा प्रकाशित     564   पटक पढिएको

काठमाडौ । सुन तस्करीका नाइके दावा छिरिङसँग डिल गरेका अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रनलयले मंत्रालयमा तानेर जगेडामा राखेको छ ।

सुन तस्करीका नाइके दावासँग लामो कुराकानी गरेको प्रमाण बाहिरिएपछि सीआईबीको अनुसन्धानमा तानिनुपर्ने अधिकारी गृह मन्त्रालयमा ताने पछि मंत्रालय अधिकारीलाई जोगाउने खेलमा लागेको आशंका हुन थालेको छ।


साउन २ मा राजश्व अनुसन्धान विभागले विमानस्थल भन्सार बाहिरबाट बरामदको ६० किलो सुनको अनुसन्धानका क्रममा बेल्जियम नागरिक दावा छिरिङलाई पक्राउ गरेको थियो ।

दावाको फोन फरेन्सिक ल्यावबाट परीक्षण गर्दा अधिकारीसँग कुराकानी भएको भेटिएको थियो । वी–च्याट संवादमा दावाले ठूलो पैसाको ठुलो काम भएकाले भेट्नु पर्ने भनेका थिए । जवाफमा अधिकारीले ‘ओके स्योर’ भन्ने जवाफ फर्काएका थिए ।


स्रोतका अनुसार समाचार प्रकाशन भएपछि केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अधिकारीलाई पक्राउ गर्ने तयारी थियो । तर बिहिबार अधिकारी मन्त्रालय तानिए ।

कनेक्सन पुष्टि हुने संवाद बाहिरिएपछि अनुसन्धानका लागि सीआईबीको जिम्मा लगाउनुपर्ने गृहले मन्त्रालय तानेर संरक्षण गर्न खोजेको आशंकालाई बलियो बनाएको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने आफू दोषीलाई कारबाही गर्ने विषयमा सम्झौता नगर्ने भएकाले यस्तो आशंका नगर्न आग्रह गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.