पर्सामा कोरोना भाइइरसको संक्रमणबाट पोखरिया नगरपालीका वडा नं. ९ की एक १८ वर्षीय किशोरीको मृत्यु भएको छ । उनको मृत्यु भइसकेपछि गएिको परिक्षणमा किशोरीमा कोरोनाभाइरसका संक्रमण पुष्टी भएको हो ।
झाडा पखलाले शिकिस्त भएपछि उनलाई गएको सोमवार उपचारकोलागि बीरगंजको नेशनल मेडिकल कलेजमा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । सोही दिन उनको स्वाब संकलन गरि परिक्षणकोलागि बीरगंजको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा पठाइएको थियो ।
मङ्गलबार राति आएको रिपोर्टमा किशोरीमा कोरोना देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायले बताउनु भयो ।
ती किशोरीको घर पोखरिया नगरपालिका वडा नं ८ जगतपुर हो । तर उनी पोखरिया नगरपालिकाको वडा ९ स्थित मामा घरमा बस्दै आएकी थिइन् ।
किशोरीको मृत्युसँगै पर्सामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्य १६ पुगेको छ ।
तपाईको प्रतिक्रिया