logo

नेकपाका युवा नेता सिंहको श्वासप्रश्वासमा समस्या थप उपचारकालागि काठमाण्डौ लगियो

      8/5/2020 गते 00 00 मा प्रकाशित     1868   पटक पढिएको

श्वास प्रश्वासमा समस्या देखिएपछि नेकपाका युवा नेता अरविन्द कुमार सिंहलाई थप उपचारकोलागि आज हेलिकप्टर मार्फत काठमाण्डौ  लगिएको छ । 

 


श्वास प्रश्वासमा समस्या देखिएपछि गत सोमवार उहाँलाई गण्डक अस्पतालमा भर्ना गरिएको थियो । श्वास लिन गार्हो भएपछि अस्पतालमा उहाँलाई संघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

 

गण्डक अस्पतालमा उहाँले आफूमा सुधारको अनुभूती पनि गर्नु भएको थियो । अप्ठयारो भएर अस्पतालमा आएको अहिले ठिक अनुभव गरिरहेको मंगलवार इसीमानासंग कुरा गर्दै उहाँले भन्नु भएको थियो । 

 


मंगलवार नै उहाँको कारोना भाइरस संक्रमण सम्बन्धी रिर्पाट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटि आएपछि उहाँलाई प्रभू अस्पतालमा सारिएको थियो । उहाँको उपचारमा संलग्न चिकित्सक डा. निरज सिंहले उहाँको फोक्सोमा समस्या देखिएको बताउनु भयो । एक्सरे गरेर हेर्दा त्यस्तो समस्या देखिएको उहाँले बताउनु भयो ।

 

कोरोना संक्रमणको जस्तो लक्षण देखिने तर रिपोर्ट नेगेटिभ आएको अवस्थामा थप उपचारकालागि काठमाण्डौ ठिक हुने भएकोले रिफर गरिएको उहाँले बताउनु भयो । 


सिंहलाई मेडिसीटी अस्पतालको संघन उपचार कक्षमा भर्ना गरेर उपचार शुरुरु गरेको काठमाण्डौबाट नेकपाका पार्स जिल्ला कमिटी सदस्य शिवजी गुप्ताले जानकारी दिनु भएको छ । नेता सिंहको उपचारको ब्यवस्था मिलाउन नेकपाका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरी प्रदेश कमिटीका सदस्य बालगोपाल थापा मिडीसीटी अस्पताल पुग्नु भएको छ । 


बीरगंजबाट उहाँलाई काठमाण्डौ पठाउनकालागि आवश्यक ब्यवस्थापन सम्बिधान सभाका  सदस्य बिचारी यादव एम पी साह  युवा नेताहरु उमेश गुप्ता सन्तोष सिंह ,युवा संघका केन्द्रीय सदस्य अरुण यादव  ,प्रभाकर गुप्ता रामबाबु सिंह,धिरेन्द्र थापा, लक्ष्मी थापा ,आशिष पटेल लगायतले गर्नु भएको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.