logo

उपचारै नगरि बिरामी फिर्ता गर्ने निजी अस्पताललाई कारवाही गर्ने पर्सा प्रशासनको चेतावनी

      8/6/2020 गते 00 00 मा प्रकाशित     1056   पटक पढिएको

जिल्ला प्रशासन कार्यालय पर्साले उपचार नै नगरी बिरामीलाई फिर्ता पठाउने अस्पतालाई कारवाही गर्ने भएको छ ।पर्साका प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्कीको अध्यक्षमा बुधबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।

बीरगंजमा संचालनमा रहेका नीजी अस्पतालहरुले बिरामीलाई जोकचाँज समेत नगरि अस्पताल भित्र प्रवेश गर्न नदिई फिर्ता पठाउने गरेका थिए । 

बीरगंज संघ सरकार मातहतमा रहेको उपक्षेत्रीय स्तरको नारायणी अस्पताल बाहेक एउटा शिक्षण अस्पताल  सहित एक दर्जनको भन्दा बढी नीजी अस्पतालहरु रहेका छन ।

 

निजी अस्पतालहरुले ज्वरो रुघा खोकी भएका कुनै पनि बिरामीलाई अस्पतालमा प्रवेश नै दिदैन । अस्पतालको चक्कर लगाउदा कोभिडको आंशकाम उपचार नपाएर कतिपयले मृत्यृवरण गर्नु परेका घटनाहरु सार्वजनीक भएका छन । जिल्लाको उपचारको यस्तो पृष्ठभूमीमा जिल्ला प्रशासन कार्यालय पर्साले बिरामीलाई उपचार नगरि फिर्ता पठाउने अस्पतालाहरुलाई कारवाहीको चेतावनी दिएको हो ।


जिल्ला प्रशासन कार्यालय पर्साले सबै अस्पतालहरुलाई  आफ्नो अस्पतालहरुमा छुट्टै आइसोलेसन वार्डको व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।

 

बिरामीहरुको चेकजांच तथा उपचारको व्यवस्था मिलाउन लगाउने र कोभिड १९ भएको देखिएमा मात्र कोभिड अस्पतालमा रिफर गर्न लगाउने निर्देशन अस्पतालहरुलाई दिइउको  सहयाक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेत जानकारी दिनु भयो  ।

जिल्ला प्रशासन कार्यालयलले बिहिबार निजि अस्पतालहरुलाई एक सुचना नै गरी उक्त निर्णको बेवास्ता गरी बिरामीको स्वास्थ्यमा खेलवाड गरे प्रचलित कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ।

 

जिल्ला प्शासन कार्यालय पर्साले दिएको निर्देशनमा  ‘यस जिल्लाका विभिन्न निजी अस्पतालहरुमा उपचारका लागि आएका विरामीहरुलाई अस्पतालहरुले चेकजाँच तथा उपचार नै नगरी फिर्ता पठाउने गरेको भनी गुनासो आउने गरेको सम्बन्धमा छलफल गरियो । अब उप्रान्त जिल्लाका सबै अस्पतालहरुलाई आफ्नो–आफ्नो अस्पतालहरुमा छुट्टै आइसोलेसन वार्डको व्यवस्था गरी आफूकहाँ आएका विरामीहरुको चेकजाँच तथा उपचारको व्यवस्था मिलाउन लगाउने र कोभिड–१९ भएको देखिएमा मात्र कोभिड अस्पतालमा रिफर गर्न लगाउने ।’ उल्लेख छ

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.