logo

शिक्षण अस्पतालले उपचार गर्न नमान्दा एकको मृत्यु, लाश पठाइदिन्छन त्यही भएर गेटमै चेक गर्छौः मेसु सर्राफ

      8/6/2020 गते 00 00 मा प्रकाशित     837   पटक पढिएको

अस्पतालले उपचार गर्न नमानेपछि बीरगंजमा ६४ वर्षिय एक जना पुरुषको मृत्यु भएको उहाँका आफन्तजनले आरोप लगाएका छन ।

 

बीरगंजको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालले बिरामीको उपचार गर्न नमान्दा बीरगंज महानगरपालिका वडा नं ११ श्रीपुर निवासी ६४ वर्षिय चलितर महतोको मृत्यु भएको उहाँका भाइ शम्भू महतोले बताउनु भयो । 


श्वासप्रस्वासमा समस्या भएपछी उपचार गराउँन बिहिबार बिहान  नेशनल मेडिकल कलेजमा लगिएका महतोलाई अस्पतालले उपचारकालागि भर्ना नलिएको हो ।

 

परिवारजनले अस्पतालको लापरवाहीका कारण वृद्धको मृत्यु भएको आरोप लगाएका छन् ।
महतोलाई बुधवार राती पनि शरीरमा समस्या देखिएपछि उपचारकोलागि नेशनल मेडिकल कलेजमा लगिएको थियो । त्यतीबेला अस्पतालले कोरोना भाइरसको संक्रमणको बिषयमा गरिएको परिक्षणको रिपोर्ट माँग गरेको थियो । रिपोर्टको कागज नभएकोले बिरामीको भर्ना हुन सकेन । 

 


महतोको साउन ११ र १५ गते गरि दुई पटक स्वाब परिक्षण भएको थियो । दुबै पटक रिपोर्ट नेगेटिभ आएको थियो । बिहिवार रिपोर्ट हात परेपछि उपचारको लागि फेरी अस्पताल लगेर रिपोर्ट देखाउदा समेत  अस्पतालले भर्ना नगरेको मृतकका भाई शम्भू महतोले बताउनु भयो । 


भर्नाकालागि निकै आग्रह गरयौ महतोले भन्नु भयो “अस्पतालका सुरक्षाकर्मीहरुले कलेजका एमडीले  (बसरुदिन अन्सारी ) आदेश नदिएसम्म विरामी भर्ना गर्न नमिल्ने भनेर जवाफ दिए ”।

 

नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रमोद सर्राफले अस्पताललाई लगाएको आरोग गलत भएको बताउनु भयो । सव गलत कुरा हो, गलत कुरो हो, गलत कुरर हो मिस न्यूज हो उहाँले भन्नु भयो अहिले पनि एटा चाही नारायणी बाट मरेको पेशेन्ट पठाई दिएको थियो ।

 

डा. सर्राफले  आफूहरुले अस्पतालको गेटमै एम्बुलेन्समा चेक गर्ने र अनि मात्र बिरामी लिने नियम लगाएको बताउनु भयो । उहाँले लाश पठाईदिन्छ अनी कसैले वास्ता गर्दैन पिसीआर रिर्पोट आउन तीन दिन चार दिन लाग्छ लाश उठाउन तीन चार दिन लाग्छ लाश गन्हाउछ तर कोही  चाही  जवाफदेही नहुने गरेको बताउनु भयो । ल मेरो मिटीङ छ राख्नुस भन्दै डा .सर्राफले फोन काट्नु
 भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या आरोपमा ३५ वर्षिय श्रीमान पक्राउ

कलैया । जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १० मटिअर्वामा घरायसी विवाद श्रीमानले श्रीमतीको हत्या गरेका छन ।

पूर्व राष्ट्रपती भण्डारीले सुविधा फिर्ता लिन गृहमन्त्रालयलाई लेखीन पत्र

काठमाडौं । विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको रूपमा सरकारबाट पाउने सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा निवेदन दिएकी छिन्।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.