उपचारको क्रममा बिहविार बिहान नारायणी अस्थायी कोरोना अस्पतालमा मृत्यु भएका ५७ वर्षिय ब्यवसायीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मधुमेह र मुटुरोगको समस्या रहेसंगै उहाँमा श्वास प्रश्वासमा समस्या देखिएपछि २० गते साँझ उहाँलाई कोभिड गण्डक अस्पतालमा भर्ना गरिएको थियो । अवस्था गम्भीर बन्दै गएपछि गएराति १० बजेतिर भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
बिहविार बिहान साढे आठ बजेको उहाँको मृत्यु भएको अस्पतालका संयोजक डा. उदय नारायण सिंहले बताउनु भयो । उहाँको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको गण्डक कोभिड अस्पालका संयोजक डा. सिंहले बताउनु भयो । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।
तपाईको प्रतिक्रिया