logo

गण्डक अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि

      8/7/2020 गते 00 00 मा प्रकाशित     792   पटक पढिएको

वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष गण्डक अस्पतालमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बीरगंज महानगरपालिका–३ छपकैयाका ६५ वर्षीय पुरुषको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा साउन शुक्रवार  बिहान मृत्यु भएको हो ।

कोभिड अस्पतालमा उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएका ६५ वर्षीया पुरुषको २३ गते साँझ पीसीआर रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिनु भयो  ।

शुक्रवार बिहान मृत्यु भएपछि ती पुरुषको स्वाब संकलन गरेर पीसीआर जाँचका लागि नारायणी अस्पतालमा पठाइएको थियो ।

केहिदिन देखि सामान्य ज्वरो र रुघाखोकी उहाँमा  बिहिवार  श्वाशप्रश्वासको समस्या देखिएको थियो । बिहिवार   दिउसो उहाँलाई वीरगञ्जस्थित एडभान्स मेडिकेयर हस्पिटलमा भर्ना गरिएको थियो ।

 

आइसीयुमा राखेर उपचार गर्नु पर्ने अवस्था देखेपछि चिकित्सकले आइसीयु अभावमा अन्य अस्पतालमा जान रेफर गरेका थिए  । एडभान्समा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि  इमरजेन्सी बाहेक अन्य सेवा बन्द भएकोले आइसीयु सेवा अभाव भएको हो । 

 


एडभान्सबाट नेशनल मेडिकल कलेजमा लगिएकोमा अस्पतालले भर्ना गर्न नमानेपछि उहाँललाई कोभिड अस्पताल पु¥याइएको मृतकका आफन्तले बताए ।  नेशनलले उनलाई भर्ना गर्न नमानेपछि वीरगञ्ज ३ का वडा अध्यक्ष वैजु स्वर्णकारको पहलमा गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

समाज

सशस्त्र प्रहरीका असई थमन बिक हत्याका अर्का आरोपी चौधरी जलेश्वरबाट पक्राउ

जलेश्वर । सशस्त्र प्रहरीका बल जलेश्वरमा कार्यरत असइ थमन विक हत्या आरोपीलाई महोत्तरी प्रहरील पक्राउ गरेको छ ।

मधेशका मुख्यमन्त्री सिंहद्वारा अयोध्या राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.