logo

अस्पतालको गोलचक्कर लाउदा लाउदै २० वर्षिय युवतीको ज्यान गयो, अस्पतालहरुमा अमानवीय ब्यवहार बढ्यो 

      8/8/2020 गते 00 00 मा प्रकाशित     3071   पटक पढिएको

बीरगंजमा उपचार नपाएर २० वर्षिया महिलाको ज्यान गएको छ । बीरगंज महानगरपालिका वडा नं २ छपकैया निवासी २० वर्षिय बिष्णु लामालाई उपचारकालागि कुनै पनि अस्पतालले भर्ना लिन नमान्दा २४ गते बिहान सवा २ बजे ज्यान गएको हो । 

उहाँलाई २१ गते देखी ज्वोरो आइरहेको थियो छिमेकी समेत रहनु भएका उपभोक्ता हित संरक्षण मंच बीरगंज महानगर समितिका अध्यक्ष अजित भूजेलले भन्नु भयो । ज्वारोको सामान्य औषधी घरमै ल्याएर खाएपछि ठिक पनि भयो  तर २३ गते राती १० बजे समस्या भयो भनेपछि अस्पताल लगियो तर कुनै पनि अस्पतालले भर्ना गरेर उपचार गरिदिएनन । 

 


ति महिलालाई  पहिला बीरगंजको  एडभान्स अस्पताल , तराई अस्पताल , भवानी अस्पताल , वयोधा अस्पताल , नेशनल मेडिकल कलेज शिक्षण अस्पताल लगियो तर कुनै पनि अस्पतालले  भर्ना गरेर उपचार गर्न मानेन ।  अन्तिममा सरकारको मातहत रहेको नारायणी अस्पताल ल्याउदा नारायणी अस्पतालकै मातहतमा रहेको अस्थायी कोभिड अस्पताल संचालनमा रहेको  बिरगंज हेल्थ केयर लैजान भन्यो ।

 

बीरगंज हेल्थ केयर अस्पताल पु¥याउदा हेल्थ केयर अस्पतालले कोभिड पुष्टि भएकाहरुको मात्र उपचार गर्ने भन्दैे भर्ना लिन नमानेको भूजेललेबताउनु भयो  । जनता समाजवादी पार्टीका पर्सा सचिव तवरेज अहमदले नारायणी अस्पताल मातहतमै रहेको गण्डक कोभिड अस्पतालका संयोजक  डा.उदय नारायण सिंहसंग फोन सम्पर्क गरेर बिरामीको अवस्था बताएपछि गण्डक अस्पतालमा ल्याउन भनिएकोले  रातको २ बजे बिरामीलाई अस्पताल पुर्याएको भूजेलले बताउनु भयो ।

 

अस्पतालमा उनको भर्ना त भयो तर भर्नासंगै उनको प्राण पखेरु उडिसकेको थियो । अस्पताल भर्ना गरेर घर फर्किएका जसपाका जिल्ला सचिव तवरेज अहमदले  घर पुग्ने बित्तिकै अस्पतालले लामालाई मृतक पुष्टि गरेको बताउनु भयो । अहमदले राती १० बजे देखी एडभान्स अस्पतालबाट शुरु भएको उपचार यात्रा बीरगंजका सबै अस्पतालको गोलचक्कार लाउदै गर्दा रातको २ बजेर १२ मिनेटमा जीवन यात्रा नै सकियोको देख्नु परेको बताउनु भयो । 
 

अस्पतालले कोरोना भाइरस परीक्षणका लागि उहाँको स्वाब संकलन गरेको छ । त्यसको रिपोर्ट आउन भने बाँकी छ । यसअघि जिल्ला प्रशासन कार्यालय पर्साले सबै निजी अस्पताललाई पत्राचार गर्दै कुनै पनि बिरामीलाई उपचार नगरेर नफर्काउन निर्देशन समेत दिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.