एक हप्ता देखी ज्वोरो र रुधाखोकीका कारण होम क्वारेन्टिनमा बसेका बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्रमा साहमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
शनिवार बीरगंजको नाारयणी अस्पतालमा रहेको कोरोना भाइरस परिक्षण गर्ने प्रयोगशालको रिपोर्ट अनुसार पर्सामा नगरप्रमुख नितेन्द्र प्रसाद साहसहित थप ५४ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
सङ्क्रमित मध्ये पर्साको बहुदरमाई नगरपालिकाका नगरप्रमुख ४० वर्षीय नितेन्द्र प्रसाद साहपनि रहेका छन् । बहुदरमाईमा बिभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५५ जनामा ८ जना महिला रहेका छन । सङ्क्रमितहरु २० वर्षदेखि ७४ वर्ष उमेर समुहका रहेका छन् ।
थपिएका सङ्क्रमित मध्ये ३ जना बारा जिल्ला र १ जना सर्लाही जिल्लाका रहेका छन् भने बाकी सबै वीरगञ्ज महानगरपालिकासहित पर्साका अन्य स्थानीय तहका रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट मदन कुमार उपाध्यायले बताउनु भयो ।
तपाईको प्रतिक्रिया