logo

मृतकका आफन्तजनद्वारा नारायणी अस्पतालमा तोडफोड,प्रहरीद्वारा लाठीचार्ज

      8/9/2020 गते 00 00 मा प्रकाशित     1062   पटक पढिएको

अस्पतालहरुले उपचार गर्न नमानेका कारण मृत्यु भएको घटनाको बिरोधमा बीरगंजको छपकैयाका स्थानीयले आज बीरगंजको नारायणी अस्पताल अगाडि एक घण्टा प्रर्दशन गरेका छन ।

 

कोरोना संक्रमणको बाहनमा रिपोर्ट नआउदै अस्पतालहरुले बिरामी भर्ना गर्न नमान्दा २४ गते बिहान बीरगंजमा २० वर्षिया बिष्णु लामाको ज्यान गएको थियो । 


त्यसैगरि कोरोना भाइरसको संक्रमणको आशंकामा  बिरामीलाई अस्पतालले भर्ना नलिदा वीरगंज वडा नं ११ श्रीपुरका चलितर महतो, वडा नं ३ का जोखु साह सोनार  लगाएत अन्य दुई जना गरी अहिले सम्म ५ व्यक्तिले अकालमै ज्यान गुमाइ सकेका छन।

 

अस्पतालको यस्तो क्रियाकलापका कारण आक्रोशित भएका स्थानीयले आज नारायणी अस्पताल अगाडि प्रर्दशन गरेका हुनु । उनीहरुले मेडिकल सुपरिटेण्डेण्ट र चिकित्सकका बिरुद्ध नारावाजी गरेका थिए ।

 

आक्रोशित स्थानीयले अस्पतालमा रहेको स्वाब संकलन क्याविनेट र डिस्इन्फेकशन क्याबिनेट समेत तोडफोड गरिदिएका छन ।स्थान्ीयहरुको तोडफोडका कारण डा. उदय नारायण सिंहको कारको सीसा समेत फूटेको छ ।  

स्थानीयहरु तोडफोडमा उत्रेपछि प्रहरीले लाठी चार्ज गरेर भिड तितर बितर पारेको थियो । अहिले अस्पताल क्षेत्रको अवस्था सामान्य रहेको छ । वीरगञ्जका स्थानीयहरुले निषेधाज्ञालाई तोडेर नारायणी अस्पताल अगाडी चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.