logo

धार्मिक सदभावलाई कायम राख्ने सर्वपक्षीय सहमती, महानगरको नेतृत्वमा सदभाव र्याली हुने

 इसीमाना सम्वाददाता     २०८० असोज ७ गते ०५: २१ मा प्रकाशित     1911   पटक पढिएको

वीरगन्ज । धार्मिक सदभावलाई कायम राख्नकालागि बीरगंजमा आइतवार सम्पन्न सर्वपक्षीय बैठकले सहमती कायम गरेको छ ।


जिल्ला प्रशासन कार्यालय पर्साममा आइतबार बसेको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको हो । सहमति पत्रमा राजनीतिक दल , नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवा लगायतकाले हस्ताक्षर गरेका छन् ।

 

नेपालको बहुजातीय, बहुभाषिक ,बहुधार्मिक बिविधतानै नेपाली बिशेषता भएको तथ्यपूर्ण गरिमालाई सम्मान गर्न समेत बैठकले अपिल गरेको छ । बैठकले बिविधता वीचको एकता सामाजिक सास्कृतिक ऐक्यवद्धता सहिष्णुता र सदभावलाई प्रर्वद्धन र सम्बर्धन गर्न सवैमा आग्रह गरेको छ ।


बैठकले शान्ति अमन चयनमा खलल पुर्याउने खालका धार्मिक एंव सामुदायिक प्रकारका र्याली , जुलुश , प्रदर्शन वा बन्द हडतालको कार्यक्रम वा गतिविधि कुनैपनि समुदाय र संघसंस्थाले नगर्ने गरि सहमति कायम गरिएको बैठकमा सहभागी जसपाका जिल्ला सचिव तबरेज अहमदले जानकारी दिए ।

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शिव लम्सालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति पर्साका अध्यक्ष अजय सर्र्राफ , वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह,उपमेयर इम्तियाज आलम , पर्साका प्रहरी उपरीक्षक कोमल शाह ,नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी , प्रवक्ता रमेश पाण्डे , जसपा पर्साका अध्यक्ष रामनरेश यादव , सचिव तबरेज अहमद, महानगर अध्यक्ष इश्वरचन्द्र यादव , नेकपा एमाले पर्साका संयोजक डाक्टर विश्वम्भर शर्मा, नेकपा एकिकृत समाजवादीका महानगर अध्यक्ष मनोज चौधरी , जनमत पार्टीका पर्सा संयोजक ओमप्रकाश सर्राफ , नेता शशीकपुर मियाँ , हिन्दुवादी नेता रन्जित साह , ओमप्रकाश गुप्ता , नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारी , जगरनाथपुर गाँउपालिकाका पूर्व अध्यक्ष जालिम मियाँ मन्सुरी लगायतको सहभागीता रहेको थियो थियो ।

यसैवीच बीरगंज महानगरपालिकाको आव्हानमा वीरगञ्जमा धार्मिक सदभाव र्‍याली निकाल्ने तयारी गरिएको छ । वीरगञ्ज महानगरपालिकाले एक सूचना जारी गर्दै सोमबार विहान ११ बजे सदभाव र्‍याली निकाल्ने जनाएको हो।

वीरगञ्जको आर्दशनगरमा रहेको स्वीमिङ्गपुलबाट सदभाव र्‍याली निकाल्ने वीरगञ्ज महानगर पालिकाको सूचनामा भनिएको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलद्वारा जारी सूचनामा भनिएको छ – ‘सोमबार सदभाव र्‍याली महानगरको तयारी,विहान १०ः३० बजे सबैजना कर्मचारीहरु पनि आउनुहोला ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.