logo

मृत महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि, पर्सामा २१ जना संक्रमीत थपिए

      8/10/2020 गते 00 00 मा प्रकाशित     847   पटक पढिएको

बीरगंज महानगरपालिका वडा नं १५ भेडियाही निवासी ४५ वर्षिय महिलामा मृत्यु  पश्चात कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

महिलाको नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचारको क्रममा आइतवार मृत्यु भएको अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले बताउनु भयो  ।

 

महिलामा मृत्युपछि कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनको मृत्यु पश्चात कोरोना परिक्षणका लागि स्वाब जम्मा गरेर नारायणी अस्पतालको प्रयोशाला पठाईएको थियो । सोमबार नारायणी अस्पतालकको प्रयोगशालाले सार्वजनिक गरेको परिक्षण रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो  ।

उच्च रक्तचाप र हाइपोथाइराइडबाट सङ्क्रमित महिलालाई कोरोनाको शङ्कामा आइतबार गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।अस्पतालको आइसीयु कक्षमा उपचार गर्दा गर्दै उहाँको मृत्यु भएको डा. सिंहले बताउनु भयो  

। 
मृत महिलामा कोरोना संक्रमणको पुष्टि संगै थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।  वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालाले सोमबार सार्वजनिक गरेको विवरण अनुसार ६ महिलासहित २२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् ।


१८ देखी ५० वर्ष उमेर समुहका ब्यक्तिहरु संक्रमीत भएका छन । थपिएका सङ्क्रमितमा पोखरिया अस्त्पालमा कार्यरत एक २५ वर्षीय चिक्तिसक रहेका छन् भने २२ र २३ वर्षका दुई जना अन्य स्वास्थ्यकर्मी रहेका छन । त्यसैगरी बारा जिल्ला घर भइ नारायणी अस्पतालमा मेडिकल वार्डमा कार्यरत २० वर्षीय महिला स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएकी छन् ।

पोखरीया नगरपालिका वडा नं १ का वडा अध्यक्ष बंका राउत कुर्मीलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।बारामा रहेको औषधी उद्योग म्यागनस फर्मामा कार्यरत तिन कर्मचारीलाई पनि कोरोना सङ्क्रमण भएको । 

 

पर्सामा मात्रै सङ्क्रमितहरुको संख्या १ हजार भन्दा माथि काटेको छ । आज थपिएका २२ सङ्क्रमितलाई मिलाएर पर्सामा अब १ हजार ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको तथ्याङ्कले देखाएको छ । त्यसैगरी हालसम्म  २२ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।

 

सङ्क्रमणबाट मृत्यु हुनेमा दुई जना भारतीय, एक जना वेवारिसेसमेत छन् । श्यसाउन महिनामा मात्र  पर्सामा १८ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.