logo

ज्यान जोखिममा राखेर बिरामीको उपचारमा संलग्न चिकित्सकहरु निराश,स्थिति झनै भयावह हुने भन्दै सचेत हुन अपिल

      8/10/2020 गते 00 00 मा प्रकाशित     882   पटक पढिएको

 

कोरोना भाइरसको संक्रमणबाट समस्यामा परेका नागरिकको उपचारमा अहोरात्र खटिरहेका चिकित्सक स्वास्थ्यकर्मी निराश भएका छन ।

 

असहज अवस्थामा ज्यानलाई जोखिममा राखेर संक्रमीतको उपचार संलग्न चिकित्सक स्वास्थ्यकर्मी कर्मचारीलाई अपमान गर्ने र लाक्षंना लगाउने कामले उनीहरुमा यस्तो निराशा आएको हो । 


बिरामीको उपचार गर्ने उच्च नैतीकतायुक्त पेशामा रहेका चिकित्सकहरु जति निराश भएपनि आफनो पेशागत दायित्व निर्वाह गर्न प्रतिवद्ध छन । 


चिकित्सकहरुको पेशागत हक हिताकालागि काम गर्ने नेपाल चिकित्सक संघ नारायणीले यो प्रतिवद्धतालाई एक बिज्ञप्ति मार्फत सार्वजनीक गरेको छ ।

 

संघले आइतवार एक बिज्ञप्ति निकालेर  विषम परिस्थितिमा आपसी दोषारोपण, हुलदंगा, तोडफोड, अनावश्यक नाराबाजी जस्ता कुराहरुबाट कसैको भलो नहुने बरु स्थिति झन् कष्टकर र भयावह हुने भएकोले सचेत हुन सबैलाई आग्रह गरेको छ  । 


एकजुट भएर कोरोना संकट विरुद्ध लाग्न, आम नागरिकको जीवन बचाउनतर्फ ध्यान केन्द्रित गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, मेडिकल कलेज, निजी क्लिनिक, नर्सिङ होम, नागरिक समाज, राजनीतिक दल, सम्बन्धित निकाय र तीन वटै सरकारसँग चिकित्सक संघले  बिज्ञप्ति मार्फत आग्रह गरेको छ ।


आइतवार बीरगंजको नारायणी अस्पतालमा भएको तोडफोडको घटना प्रति चिन्ता ब्यक्त गर्दै संघले विषम परिस्थितिमा सबैलाई संयम हुन अपिल गरेको छ । संघले तोडफोडमा संलग्न हुनेलाई कारवाही गर्न समेत माँग गरेको छ ।  

 

संघ सचिव डा. उदयनारायण सिंहले जारी गर्नु भएको बिज्ञप्तिमा साउन २७ गते मंगलबार दिउँसो २ बजेसम्म मात्र सम्भव भएसम्मका सेवा दिने र त्यसपछि इमरजेन्सीबाहेक थप सेवा दिन नसकिने उल्लेख छ छ ।

 

सर्वसाधारणको जीवन रक्षाका लागि अविलम्ब वैकल्पिक व्यवस्था गर्न नेपाल चिकित्सक संघ नारायणी शाखाले सम्बन्धित निकायसँग माग राखेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.