logo

ज्यान जोखिममा राखेर बिरामीको उपचारमा संलग्न चिकित्सकहरु निराश,स्थिति झनै भयावह हुने भन्दै सचेत हुन अपिल

      8/10/2020 गते 00 00 मा प्रकाशित     1032   पटक पढिएको

 

कोरोना भाइरसको संक्रमणबाट समस्यामा परेका नागरिकको उपचारमा अहोरात्र खटिरहेका चिकित्सक स्वास्थ्यकर्मी निराश भएका छन ।

 

असहज अवस्थामा ज्यानलाई जोखिममा राखेर संक्रमीतको उपचार संलग्न चिकित्सक स्वास्थ्यकर्मी कर्मचारीलाई अपमान गर्ने र लाक्षंना लगाउने कामले उनीहरुमा यस्तो निराशा आएको हो । 


बिरामीको उपचार गर्ने उच्च नैतीकतायुक्त पेशामा रहेका चिकित्सकहरु जति निराश भएपनि आफनो पेशागत दायित्व निर्वाह गर्न प्रतिवद्ध छन । 


चिकित्सकहरुको पेशागत हक हिताकालागि काम गर्ने नेपाल चिकित्सक संघ नारायणीले यो प्रतिवद्धतालाई एक बिज्ञप्ति मार्फत सार्वजनीक गरेको छ ।

 

संघले आइतवार एक बिज्ञप्ति निकालेर  विषम परिस्थितिमा आपसी दोषारोपण, हुलदंगा, तोडफोड, अनावश्यक नाराबाजी जस्ता कुराहरुबाट कसैको भलो नहुने बरु स्थिति झन् कष्टकर र भयावह हुने भएकोले सचेत हुन सबैलाई आग्रह गरेको छ  । 


एकजुट भएर कोरोना संकट विरुद्ध लाग्न, आम नागरिकको जीवन बचाउनतर्फ ध्यान केन्द्रित गर्न स्वास्थ्य सेवा प्रदायक संस्था, मेडिकल कलेज, निजी क्लिनिक, नर्सिङ होम, नागरिक समाज, राजनीतिक दल, सम्बन्धित निकाय र तीन वटै सरकारसँग चिकित्सक संघले  बिज्ञप्ति मार्फत आग्रह गरेको छ ।


आइतवार बीरगंजको नारायणी अस्पतालमा भएको तोडफोडको घटना प्रति चिन्ता ब्यक्त गर्दै संघले विषम परिस्थितिमा सबैलाई संयम हुन अपिल गरेको छ । संघले तोडफोडमा संलग्न हुनेलाई कारवाही गर्न समेत माँग गरेको छ ।  

 

संघ सचिव डा. उदयनारायण सिंहले जारी गर्नु भएको बिज्ञप्तिमा साउन २७ गते मंगलबार दिउँसो २ बजेसम्म मात्र सम्भव भएसम्मका सेवा दिने र त्यसपछि इमरजेन्सीबाहेक थप सेवा दिन नसकिने उल्लेख छ छ ।

 

सर्वसाधारणको जीवन रक्षाका लागि अविलम्ब वैकल्पिक व्यवस्था गर्न नेपाल चिकित्सक संघ नारायणी शाखाले सम्बन्धित निकायसँग माग राखेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.