logo

नागरिक समाजको अपिल, अराजकता होइन अनुशासनमा बसौ, आक्रोश र आवेग होइन संयता र समन्वय गरौ 

      8/10/2020 गते 00 00 मा प्रकाशित     1130   पटक पढिएको

बीरगंजको नागरिक समाजले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणकालागि सरकारले  जारी गरेको निर्देशन पालना गर्न आम नागरिकमा अपिल गरेको छ ।

 

समाजका संयोजक डा. दिपक शाक्यद्वारा हस्ताक्षरीत बिज्ञप्तिमा अनावश्यक पमा  घर बाहिर ननिस्कन, कुप्रचार र होहल्लाको पछि नलाग्न,  निराशाजनक अभिव्यक्ति  सम्प्रेषण नगर्न,कसैलाइ अनावश्यक दोषारोपण नगर्न,धैर्य भइ बस्न तथा आफु र आफ्नो परिवारको शारिरिक एवं मानसिक स्वास्थ्य समेतको ख्याल गरि स्वास्थ सुरक्षाका उपायहरु अबलम्बन गरी संयमित रहन सबै सर्वसाधारणमा विन्रमतापुर्वक आग्रह गरिएको ।

 

बिज्ञप्तिमा कोरोना भाइरसको संक्रमण  समुदाय स्तरमानै पुगिसकेको यो अवस्थामा  आमसर्वसाधारणलाइ जोगाउन अग्रपंतिमा रहेर २४ सै घण्टा कर्मभुमिमा क्रियाशिल चिकित्सक, स्वास्थकर्मी, सुरक्षाकर्मी, लगायत सबैसबै प्रति उच्च सम्मान व्यक्त गर्दै, उच्च मनोवलका साथ काम गर्न विनम्र अनुरोध गर्दछौ भनिएको छ। 


समाजले हामी,कोरानका कारण मृत्युवरण गरेका सबै प्रति भावपुर्ण श्रदान्जली व्यक्त गर्दै, संक्रमित सबैको शिघ्रस्वास्थ लाभको कामना गरेको छ । समाजले साउन२५ गते नारायणी अस्पतालमा घटेको घटना प्रति खेद र निन्दा व्यक्त गर्दै  भविष्यमा यस्ता कानून विपरितका गतिविधि नगर्न सम्पुर्ण नागरिकमा अपिल गरेको छ । 


समाजले यो चुनौतीपूर्ण घडीमा  नागरिक समाजका प्रतिनिधिहरु सबै पक्ष सँग सकारात्मक कामका निम्ती सहयोग र समन्वय गर्न तत्पर रहेको बताएको छ । समाजले सघ ,प्रदेश तथा स्थानीय सरकारलाई  आउने दिनमा काम गर्नकालागि बूदागत सुझाव समेत दिएको छ । 


१    जन्मदेखीनै निशर्त उपभोग गर्न पाउने जिवन सँग जोडिएको स्वास्थ सेवाको नैसर्गिक अधिकारको रक्षार्थ आजै देखी सबै सरकारी तथा नीजि अस्पतालले सुरक्षा सर्तकताकाको उचित व्यवस्था गरी ९परिक्षणबाट कोभिड पोजेटिभ देखिने विमारीलाइ कोभिड अस्पतालमा रिफेर गर्ने प्रणालीको विकास गरी० निर्बाध रुपमा स्वास्थ उपचार हुने  गर्नेव्यवस्था गर्न ।


२      नारायणी अस्पताललाइ सबै दृष्टीकोणले थप प्रभावकारी व्यवस्थापनका साथ तत्कालै जनरल अस्पतालको रुपमा संचालनमा ल्याउन ।  


२      कोभिड १९ नियन्त्रणका सन्दर्भमा तिनै तहका सरकारहरुका विचमा आवश्यक समन्वय गर्न । 


४    अस्पताल लगायत मानिसहरुको आवगमनरभिडभाड हुने सार्वजनिक स्थलहरुमा समय समयमा डिसइन्फेक्सन गर्न ।  
५    एम्बुलेन्स सेवालाइ प्रभावकारी बनाउन । 


६      मृत्यु पश्चात आफनो धर्म र सांस्कृति बमोजिम दाहसंस्कार गर्न पाउने अधिकारलाइ स्मरण गर्न र र स्थानीय नागरिकलाई मृत शरिरको दाहसंस्कारमा रोकछेक र अबरोध नगर्ने वतावरण बनाउन । 


७    सिमानाकाबाट मानिसहरू भित्रिरहेको अवस्थाले जोखिम बढीरहने भएकाले निर्बाधरुपमा भइरहेको  आवत जावत रोक्न र अति आवश्यक कामले नेपाल प्रवेश गर्ने व्यक्तीलाइ तोकिएको अबधी क्वारिन्टिनमा राख्न । 


८    लकडाउन खुल्नासाथ पुनः गरिएको अनिश्चित कालिन निषेधज्ञाका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने, बिपन्न, भूमिहीन, गरिब र कमजोर परिवार भोकभोकै मर्ने अवस्थामा पुगिसेकेका हुँदा त्यस्ता कमजोर र संकटासन्न व्यक्तिको जीवन रक्षाका लागि तत्कालै बिशेष राहत उपलब्ध गराउन । 


९    दैनिक उपभोग्य सामग्रीकोउत्पादन र आपुर्तिको सहज व्यवस्थापन गर्न ।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.