logo

बिनको हत्यामा संलग्न रहेका तीन आरोपी प्रहरीद्वारा सार्वजनीक

 इसीमाना सम्वाददाता     २०८० असोज १६ गते ०७: ४१ मा प्रकाशित     694   पटक पढिएको

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकाकी कान्तीदेबी विनको हत्या प्रकरणमा संलग्न रहेको भन्दै प्रहरीले तीन जनालाई मंगलवार पत्रकार सम्मेलन मार्फत सार्वजनीक गरेको छ ।

१६ दिन पछि प्रहरीले मृतक विनकै नातामा पर्ने देवर लालबाबु विन,जेठाजुहरु चन्द्रिका राउत विन र अमीरीका राउत विनलाई सार्वजनिक गरेको हो ।

मृतकका छोरा अर्जुन मुखिया विनले दिएको किटानी जाहरीको आधारमा प्रहरीले पक्राउ परेका तीनैजनामाथि मुद्दा चलाएको पर्सा प्रहरी प्रमुख कोमल शाहले जनाए । उनका अनुसार तीनै जनामाथि कर्तव्य ज्यानको मुद्दा अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।


प्रहरीले हत्यामा संलग्न आरोपीहरुको खोजीमा पोलीग्राफको प्रयोग गरेको थियो । पोलीग्राफले अनुसन्धान सुरु गरेपछि हत्यामा संलग्न रहेकाहरु आफूहरु नै हत्या गरेको स्वीकारे गरेका थिए ।

 

आरोपीहरु मृतकको घरमा चोरी गर्ने उद्धेश्यले गएका थिए । २ असोजको राती मृतकको घरको पछाडि ‘सुरुङ’ बनाइ उनको घरमा पसे । उनीहरुको पसेको थाहा पाएपछि बिनले होहल्ला गरिन र उनीहरुलाई चिनेको हुनाले पनि बिनको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ । पहिचान खुल्ने डरले बिनको हत्या भएको प्रहरीको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

संघ–संस्था सम्बन्धी नयाँ मस्यौदा सच्याउन माग , पर्साबाट गृह मन्त्रालयलाई ज्ञापनपत्र

वीरगन्ज । गैरसरकारी संस्था महासंघ नेपाल, जिल्ला शाखा पर्साले हालै गृह मन्त्रालयले सार्वजनिक गरेको “संघ संस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानुन, २०८२” को मस्यौदा नागरिक समाजमैत्री नभएको भन्दै सच्याउन माग गरेको छ।

किरण साहको हिरासत अवधि थपियो

वीरगन्ज । खानेपानी मन्त्री प्रदीप यादवसँगको टेलिफोन संवाद सार्वजनिक भएपछि पक्राउ परेकी किरण साहलाई जिल्ला अदालत पर्साले थप तीन दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। यससँगै साहको हिरासत अवधि लम्बिएको छ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.