logo

कोरोना भाइरसका कारण जनकपुरमा एकको ज्यान गयो

      8/11/2020 गते 00 00 मा प्रकाशित     667   पटक पढिएको

प्रादेशीक कोभिड अस्पताल जनकपुरको आइसीयुमा १८ दिन देखी उपचार गराउदै आउनु भएका ६० वर्षिय पुरुषको गएराती निधन भएको छ ।

 


धनुषामा  जिल्लाको विदेह नगरपालिका वडा नं ८ का ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

 


प्रादेशिक अस्पतालको कोभिड १९ विशेष अस्पताल जनकपुरधाममा करिब १८ दिन देखि आईसीयूमा उपचाररत उनको गएराति कोरोनाको कारण मृत्यु भएको हो ।


उहाँमा क्षयरोगको समस्या रहेको कोभिड १९ प्रादेशिक अस्पतालका संयोजक डाक्टर जामुन सिंहले जानकारी दिनुभयो । 
मृतकको कुनै ट्राभल हिस्ट्री फेला नपरेको धनुषाका प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभएको छ ।

 

यसअघि  आइतवार मृत्यु भएका पुरुषमा  मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो । यो सँगै धनुषामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

समाज

सशस्त्र प्रहरीका असई थमन बिक हत्याका अर्का आरोपी चौधरी जलेश्वरबाट पक्राउ

जलेश्वर । सशस्त्र प्रहरीका बल जलेश्वरमा कार्यरत असइ थमन विक हत्या आरोपीलाई महोत्तरी प्रहरील पक्राउ गरेको छ ।

मधेशका मुख्यमन्त्री सिंहद्वारा अयोध्या राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.