logo

बर्दिवासमा मधेशको सुरक्षाको बिषयमा गम्भिर छलफल, जनप्रतिनिधिका गतिविधधि सुरक्षा चुनौती

 इसीमाना सम्वाददाता     २०८० असोज १७ गते ०२: १७ मा प्रकाशित     626   पटक पढिएको

बर्दिबास । स्थानीयतहका जनप्रतिनिधिहरुको बेमेल र अयोग्यताका कारण उत्पन्न असहज अवस्था मधेशको शान्ति सुरक्षाकोलागि चुनौती बनेको मधेशका प्रशासकहरुले गृहमंत्री संमक्ष बताएका छन ।

 

बुधवार मधेश प्रदेशको सुरक्षा चुनौतीबारे बर्दियाबासमा भइरहेको अन्तर्क्रियामा उनीहरुले यस्तो रिपोर्टिङ गरेका हुन । स्थानीय तहका प्रतिनिधिहरुले पूर्वाग्रहपूर्ण रुपमा कार्यसम्पादन गर्ने बिधिको बर्खिलाफ गर्ने गरेकोले समाजिक शान्तिमा असुर परेको उनीहरुले उल्लेख गरेका छन ।

अन्तर्क्रियामा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित मधेश प्रदेशका आठैवटा जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रमुखहरु सहभागी छन् ।

 

प्रमुख जिल्ला अधिकारीहरुले र सुरक्षा निकायका प्रमुखहरूले आ(आफ्नो जिल्लाको अवस्थाबारे रिपोर्टिङ गरिसकेपछि उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक सुझाव र निर्देशन दिनेछन् ।

 

प्रमुख जिल्ला अधिकारीहरूले प्रदेशका कतिपय ठाउँमा धार्मिक सद्भाव बिथोल्ने तत्वहरू सक्रिय रहेको समेत रिपोर्टिङ गरेका छन । मिटरब्याज नियन्त्रणकोलागि स्थानीय प्रशासनलाई आयोग बनाएर नै नियन्त्रणको काम गर्न सरकारले निर्देश गरेपनि स्थानीय प्रशासनले सक्षमता पूर्वक यो काम गर्न सकेको छैन ।

 

कतिपय जिल्लामा स्थानीय प्रशासन नै मिटरब्यजीहरुको मतियार बनेको समाचार सार्वजनीक भइरहेको बेलामा बर्दिवासमा भने प्रशासकहरुले मिटरब्याज नियन्त्रण कानुन र आयोग बने पनि त्यसलाई निरुपण गर्ने सन्दर्भमा वाधाव्यवधान खडा गर्न खोजिएको रिर्पोटिङ गरेका छन ।

 

प्रमुख जिल्ला अधिकारीहरुले मिटरब्याजी नियन्त्रणमा आफूहरुले सक्षमता पूर्वक कार्यसम्पादन गर्न नसकेको र त्यसको दोष अन्यत्र देखाएर आफूलाई चोखो देखाउन यस्तो रिर्पोटिङ भएको स्रोतको दावी छ ।


सामाजिक संजालमा आउने कतिपय सामग्रीले उत्तेजना बढाउन खोजेको लगायतका समस्याबारे गृहमंत्रीलाई जानकारी गराएको स्रोतले जनायो ।

मधेशमा रहेको प्रहरी संगठनका दुबै संरचानाले अनधिकृत कारोवारको लाइन नै दिएको बेलामा प्रहरी प्रमुखहरुले त्यही अवैध ओसार पसार समेतलाई सुरक्षा ब्यवधानको रुपमा प्रस्तुत गरेका छन ।

 

यत्रो जनशक्तिको परिचानलन शान्ति सुब्यवस्था निर्माणकालागि हो त्यही कुरा कुनै कोणबाट पनि सन्तोषजनक नभएको रिर्पोटिङ प्रस्तुत गरेर सुरक्षा निकाय र स्थानीय प्रशासकहरुले आफनो असक्षमता प्रर्दर्शित गरेको स्रोतको बिश्लेषण छ ।

भारतमा चुनाव नजिकिएकाले सीमा क्षेत्रमा तनाव बढ्नसक्ने , भारतीय गाडीको प्रयोगले समेत सुरक्षा व्यवधान खडा गर्न सक्ने सम्भावनासमेत उनीहरुले औंल्याएका छन् ।


अन्तर्क्रियामा गृह मन्त्रालयका सचिव, प्रवक्ता, नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका अधिकारी लगायत सहभागी छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.