logo

मिटरब्याजी र पीडितबाट पैसा उठाउने कुरा क्षम्य नहुने मधेशका प्रशासकलाई गृहमंत्री श्रेष्ठको चेतावनी

 इसीमाना सम्वाददाता     २०८० असोज १७ गते ०७: २० मा प्रकाशित     917   पटक पढिएको

बर्दिवास। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी र पीडतबाट पैसा उठाउने गरिएको गुनसो आफू सम्म आइपुगेका बताउदै त्यस्तो प्रवृति क्षम्य नभएको चेतावनी दिएका छन ।


मधेस प्रदेशको समसामयिक सुरक्षाबारे आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरूसँग बुधवार बर्दिवासमा भएको अन्तरक्रियामा गृहमंत्री श्रेष्ठले यस्तो चेतावनी दिएका हुन ।


मिटरब्याजीको मतियार भएको भन्दै मधेशका कतिपय जिल्ला प्रशासन कार्यालयहरुको तिब्र आलोचना शुरु भएको छ । मिटरब्याजीका कारण पीडत भएकाहरुनै प्रशसान, र प्रहरीका कारण झन पीडित भएका दृष्टान्तहरु सर्वजनीक भएपछि स्थानीय प्रशासन मतियार भएको आरोप लाग्न थालेको हो ।

 

सकारकारले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा यो समस्या समाधान गर्नकालागि आयोग बनाएको छ । तर प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बनेको आयोगले राम्रो काम गरेको छैन ।

 

 

पर्सा जिल्लामा, मुद्धा दर्ताको क्रमसंख्याको आधारमा मुद्धा फरछयौट गर्ने शुरुवाता गरेकोमा अहिले १ हजार दर्ता नम्बर रहेका मुद्धाहरु फरछ्यौट भएका छन तर ४ सयको आसपासमा क्रम संख्या रहेका रहेका धेरै मुद्धा बाँकी छ ।

 

स्थानीय प्रशासनको यो रबैयका कारण पीडकहरुले अदालतबाट निषेधाज्ञा लिने , प्रहरीमा चेक अनादरको उजुरी दर्ता गरेर पक्राउ पूर्जी जारी गरि पीडितलाई थुनामा पुरयाउने काम हुदै आएको बेलामा अर्थमंत्रीको चेतावनी भने अर्थपूर्ण रहेको छ ।

 

 अन्तरक्रिया कार्यक्रममा गृहमंत्री श्रेष्ठले संविधान, लोकतन्त्र र राष्ट्रियह एकताको रक्षाका लागि कानुनी शासन एवम् राष्ट्रिय सुरक्षालाई बलियो बनाउनुपर्ने बताए ।

 

उनले धार्मिक एवम् सामुदायिक सद्भाव भड्काउने तत्वलाई समयमै पहिचान र नियन्त्रण गर्न र चाडबाडको मुखमा हुनसक्ने चोरी, निकासी तथा कृतिम अभाव महंगी रोक्न समेत निर्देशन दिएका छन।

उनले भ्रष्टाचारी एवम् अपराधीलाई कानुनको दायरामा ल्याउन तथा दण्डहीनताको अन्त्य गर्न निर्देशन दिएकाछन ।

 

गृहमंत्री श्रेष्ठले प्रहरीमा महिला सेल भएजस्तै दलित सेल समेत स्थापना गर्न निर्देशन दिइसकिएको बताए । ध्यान तथा योगाले सेवामा समर्पणभाव पैदा गर्ने भएकोले त्यसलाई स्वजागरणका रूपमा आत्मसात गर्न समेत उनले अनुरोध गरे ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.