logo

मिटरब्याजी र पीडितबाट पैसा उठाउने कुरा क्षम्य नहुने मधेशका प्रशासकलाई गृहमंत्री श्रेष्ठको चेतावनी

 इसीमाना सम्वाददाता     २०८० असोज १७ गते ०७: २० मा प्रकाशित     803   पटक पढिएको

बर्दिवास। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजी र पीडतबाट पैसा उठाउने गरिएको गुनसो आफू सम्म आइपुगेका बताउदै त्यस्तो प्रवृति क्षम्य नभएको चेतावनी दिएका छन ।


मधेस प्रदेशको समसामयिक सुरक्षाबारे आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरूसँग बुधवार बर्दिवासमा भएको अन्तरक्रियामा गृहमंत्री श्रेष्ठले यस्तो चेतावनी दिएका हुन ।


मिटरब्याजीको मतियार भएको भन्दै मधेशका कतिपय जिल्ला प्रशासन कार्यालयहरुको तिब्र आलोचना शुरु भएको छ । मिटरब्याजीका कारण पीडत भएकाहरुनै प्रशसान, र प्रहरीका कारण झन पीडित भएका दृष्टान्तहरु सर्वजनीक भएपछि स्थानीय प्रशासन मतियार भएको आरोप लाग्न थालेको हो ।

 

सकारकारले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा यो समस्या समाधान गर्नकालागि आयोग बनाएको छ । तर प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बनेको आयोगले राम्रो काम गरेको छैन ।

 

 

पर्सा जिल्लामा, मुद्धा दर्ताको क्रमसंख्याको आधारमा मुद्धा फरछयौट गर्ने शुरुवाता गरेकोमा अहिले १ हजार दर्ता नम्बर रहेका मुद्धाहरु फरछ्यौट भएका छन तर ४ सयको आसपासमा क्रम संख्या रहेका रहेका धेरै मुद्धा बाँकी छ ।

 

स्थानीय प्रशासनको यो रबैयका कारण पीडकहरुले अदालतबाट निषेधाज्ञा लिने , प्रहरीमा चेक अनादरको उजुरी दर्ता गरेर पक्राउ पूर्जी जारी गरि पीडितलाई थुनामा पुरयाउने काम हुदै आएको बेलामा अर्थमंत्रीको चेतावनी भने अर्थपूर्ण रहेको छ ।

 

 अन्तरक्रिया कार्यक्रममा गृहमंत्री श्रेष्ठले संविधान, लोकतन्त्र र राष्ट्रियह एकताको रक्षाका लागि कानुनी शासन एवम् राष्ट्रिय सुरक्षालाई बलियो बनाउनुपर्ने बताए ।

 

उनले धार्मिक एवम् सामुदायिक सद्भाव भड्काउने तत्वलाई समयमै पहिचान र नियन्त्रण गर्न र चाडबाडको मुखमा हुनसक्ने चोरी, निकासी तथा कृतिम अभाव महंगी रोक्न समेत निर्देशन दिएका छन।

उनले भ्रष्टाचारी एवम् अपराधीलाई कानुनको दायरामा ल्याउन तथा दण्डहीनताको अन्त्य गर्न निर्देशन दिएकाछन ।

 

गृहमंत्री श्रेष्ठले प्रहरीमा महिला सेल भएजस्तै दलित सेल समेत स्थापना गर्न निर्देशन दिइसकिएको बताए । ध्यान तथा योगाले सेवामा समर्पणभाव पैदा गर्ने भएकोले त्यसलाई स्वजागरणका रूपमा आत्मसात गर्न समेत उनले अनुरोध गरे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.