बाराको सिमरामा रहेको जगदम्बा स्टीलका ११ जना कर्मचारी तथा मजदुरहरूमा कोरोना संक्रमण पुष्टी भएको छ ।
केहिदिन अघि १३५ जनाको स्वाब नमुना संकलनगरी परीक्षणका लागि काठमाडौं पठाइएकोमा ११ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संकलित नमुना मध्ये केहिको रिपोर्ट आउन बाँकी रहेकोसो उधोगको मजदुर संगठनले जनाएको छ ।
यसैबीच जितपुरसिमरा सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेलले बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितलाई संपर्क गरी उधोग लाइ सिल गर्न आग्रह गर्नुभएको छ जवाफमा प्रजिअ पण्डितले यस विषयमा छलफल भइरहेको जानकारी दिनुभएको थियो ।
यसैबीच संयोजक पौडेलले सामाजिक सञ्जालमा स्टाटस लेख्दै सिमरामा रहेको जगदम्बा स्टिलमा ११जनामा संक्रमण पुष्टि भएकोले त्यसबाट महामारी फैलने देखिएकोले तत्काल उद्योग सिल गर्न स्थानीय प्रशासनसँग माग गर्दछु , भन्नुभएको छ ।
तपाईको प्रतिक्रिया