logo

राजीनामा हल्ला मात्र ,बिरामीलाई बिचल्ली पारेर मैदानबाट भाग्दैनौः डा. उपाध्याय

      8/12/2020 गते 00 00 मा प्रकाशित     1770   पटक पढिएको

वीरगञ्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन कुमार उपाध्यायले ज्यानलाई जोखिममा राखेर कोरोना संक्रमणको रोकथाम नियन्त्रण र बिरामीको उपचारमा लागेका स्वास्थ्यकर्मीहरुको योगदानको मूल्याकंन नभएकोमा चिन्ता ब्यक्त गर्नु भएको छ । 

 


उहाँले काम गर्दा गर्दै चिकित्सक स्वास्थ्यकर्मी र अस्पतालका अन्य कर्मचारी आफै कोरोनाको संक्रमणमा पर्नु परेको सत्यलाई बुझिदिन आग्रह गर्नु भएको छ । नागरिकको उपचार गर्ने काममा लाग्दा संक्रमीत भएका स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्ने वतावरण नबन्ने हो भने उपचारको वतावरण नराम्रोसंग प्रभावित हुने प्रति उहाँले चिन्ता ब्यक्त गर्नु भएको छ । 

 


नारयणीका ३ सस ५० कर्मचारीले राजीनामा दिए भन्ने कुरा पनि सही नभएको उहाँले बताउनु भयो । काम गर्न सुरक्षाको वतावरण बनाउन आवश्यक छ उहाँले भन्नु भयो यस्तो बेलामा राजीनामा दिएर बिरामीलाई बिचल्ली पारेर मैदानबाट बाहिरिने कुरा हुदैन ।
 
गत साउन २४ गते विहान वीरगञ्ज छपकैयाकी एक २० वर्षीय युवतीको अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

 

सोही विषयलाई लिएर साउन २५ गते अस्पतालको आकस्मिक कक्षमा छिरेर तोडफोड गरेका थिए । त्यती बेला अस्पताल र त्याहा कार्यरत स्वास्थ्य कर्मचारीहरुको सुरक्षाको वतावरण नहुने हो भने सामुहिक राजीनामा दिन्छौ सम्म भनेको उहाँले स्मरण गर्नु भयो ।

 

तर  त्यो त्यतीबेलाको कुरा थियो तर आज राजीनामा दिइएको भन्ने जुन समाचार छ त्यो सत्य नभएको उहाँको भनाई छ । त्यसै गरि अस्पताल बिकास समिति कर्मचारी युनियनका अध्यक्ष सन्तोष सिंहले सामाजिक संजालमा स्टाटस पोष्ट गर्दै राजनीनामाको कुरा सत्य नभएको बताउनु भएको छ ।

 

अस्पताल र त्याहा कार्यरत कर्मचारीको सुरक्षाको वतावरण बनाउन हाम्रो माँग हो सिंहले लेख्नु भएको छ “यो परिस्थितिमा  सामुहिक राजीनामा नदिएको प्रष्ट पार्न चहान्छु  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.