logo

आत्मबिश्वास बढाउनकालागि प्रशिक्षणको आयोजना, बिद्यार्थीले लाभ लिने बीरगंज कलेजको बिश्वास

 इसीमाना सम्वाददाता     २०८० असोज २० गते ०९: ०३ मा प्रकाशित     1446   पटक पढिएको

बीरगंज । वीरगंज कलेजले ११ कक्षामा भर्ना भएका बिद्यर्थीहरुकालागि दुई दिने पर्सनालीटी डाईनामिक्स तालीम शनिवारदेखी बीरगंजको होटेल भिषूवामा शुरु गरेको छ ।

May be an image of 8 people, dais and text that says '9855026705 BIRGUNJ COLLEGE & Welcome Grade Persona Dynamics Training 2080-06-20 2080-06-21 Education, Journalism, CA&AT bigno R +2 7-9855032037 BBS'

तालिम कलेजको संचालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा भएको थियो । , कार्यक्रममा कलेज प्रमुख बिनोद कुमार गुप्ता, प्रशासन प्रमुख सुरेश प्रसाद चौधरी, वीरगंज महानगरपालिकाको शिक्षा शाखा प्रमुख अरबिन्द लाल कार्ण, कलेजका सहायक प्रमुख रुदल ठाकुर, कोडिनेटर राजेश्वर चौधरी, इसीए कोडिनेटर मनोज बर्णवाल, परीक्षा कोडिनेटर धर्मेन्द्र जयसवाल, बिबिएस इन्चार्ज दिपेशलाल दास लगायतका शिक्षकहरुको सहभागिता रहेको थियो ।

May be an image of 1 person, dais and text

कार्यक्रममा संचालक समितिका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरी, कलेज प्रमुख बिनेद गुप्ता, कलेजका शिक्षक संदिप साह तथा उत्प्रेरक वक्ता उज्जवल घिमिरेज्यूले विभिन्न बिषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षण भोली सम्म संचालन हुने डा.चौधरीले जानकारी दिए ।

May be an image of 1 person, dais and text that says ''म पनि बोल्न सक्छु' 'I Can Also Speak' Training Session Sandeep Raj Sah Trainer) Birgunj college(BCPL) (BCPL)'

यस अघि बीरगंज उधोग बाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले तालीको दीप प्रज्वलन गरि उद्धघाटन गरेका थिए । उनले आजको युवा पुस्ताले भोलीकोलागि ज्ञानप्राप्तिमा परिश्रम गर्न आवश्यक रहेको बताएका थिए ।

May be an image of 1 person, table, lighting, tablecloth, dais and buffet

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछानेले सफल हुनकालागि चिन्तन सहितको अध्ययनको आवश्यकता रहेकोमा जोड दिए । उनले सफल जीवनकालागि उच्च नैतीकबल आवश्यक रहेको बताए ।

May be an image of 12 people, costume and text

उनले बिद्यार्थीलाई आफनो रुची अनुसारको अध्ययनकालागि प्रेरित गरे । राम्रो अंक ल्याउने वा उच्च स्थान प्राप्त गर्ने दवावमा नरहन आग्रह गरे ।


कार्यक्रममा वीरगंज उधोग संघका वरिष्ठ उपाअध्यक्ष हरी गैतम, ठाकुर राम बहुमुखी क्याम्पसका पूर्व प्रमुख ललन दुवेदी, सौसभ सरार्फ , प्याब्सन वीरगंजका अध्यक्ष आलोक चौरसिया, प्याब्सन पर्साका उपा–अध्यक्ष शिव गुप्ता, गणितको चर्चित शिक्षक लालबाबु यादव, निरज पिटाकोटे, तुलसि भण्डारी, मनोज पटेल , मुस्कान श्रेष्ठ,जगत राई, प्रणय साह लगायतको सहभागिता रहेको थियो ।

May be an image of 3 people, people dancing, costume and text

कार्यक्रमले बिद्यार्थीरुमा आत्मवल बढने र भविष्यको बाटो कोर्नमा उनीहरुलाई सघाउने विश्वास कलेजको रहेको छ । कार्यक्रमको सहजिकरण कलेजका शिक्षक कृष्णा पासवाले गरेका थिए । कलेजका छात्राले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.