logo

मंगलबार राष्ट्रिय शोक घोषणा सरकारले दियो बिदा,बंकरमा बसेका बिद्यार्थीद्वारा उद्धारको याचना

 इसीमाना सम्वाददाता     २०८० असोज २२ गते ०५: २२ मा प्रकाशित     372   पटक पढिएको

काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ।

 

सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले मंगलबार राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित कुटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

 

त्यस्तै, बैठकले हमासको आक्रमणमा परी ज्यान गुमाएकाको प्रति परिवारलाई १० लाख राहत दिने निर्णय पनि गरेको छ। बैठकले त्यहाँ रहेका नेपाल फर्किन चाहने नेपाली र मृत्यु भएकाहरूको शवलाई यथाशीघ्र ल्याउने निर्णय पनि गरेको छ।

 

इजरायलमा नेपालबाट इन्टर्नमा गएकामध्ये १० विद्यार्थीको मृत्यु भएको थियो। केही घाइते छन्। बंकरमा लुकेर रात बिताइरहेकाहरूले उद्धारको याचना गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.