logo

सुन र जाली नोटको अबैध कारोवारको संजालका मुख्य संचालक बाराका इल्ताफ  निजगढबाट पक्राउ

      8/13/2020 गते 00 00 मा प्रकाशित     1132   पटक पढिएको

१५ किलो नक्कली सुन प्रकरणका मुख्य ब्यक्ति बाराको प्रष्टोका हरपुरका स्थायी बासिन्दा इल्ताफ हुसेन अन्सारीलाई बिहिवार प्रहरीले बारको निजगढबाट पक्राउ गरेको छ ।

 

इल्ताफ बीरगंज महानगर वडा नं १३ राधेमाईमा पनि भब्य महल छ । उनको महलमा रातको समयमा भिआइपीहरुको आउजाउ हुने गरेको छिमेकीहरुले बताउने गरेका छन ।

 

उनको घरमा भिआइपीहरुको आउ जाउ पनि आफैमा शंकास्पद रहेको छ । साउन १३ गते कमलादीबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन र पेस्तोल सहितको झोला फ्याँकेर भागेका अन्सारी निजगढबाट पक्राउ परेका हुन्।

 

सुनसहित दुईवटा चाइनिज पेस्तोल पनि प्रहरीले बरामद गरेको थियो। सोही प्रकरणका मुख्य ब्यक्ति अन्सारीलाई  जिल्ला प्रहरी कार्यालय पर्सा र महानगरीय प्रहरी परिसरको प्रहरी टोलीले पक्राउ गरेको हो ।  

 

उक्त स्कोर्पियो अन्सारीको थियो। उनलाई काठमाडौं लगिएको छ।स्कार्पियो इनसाद हुसेन अन्सारी र कुल्साद बेगमको नाममा रहेको त्यसदिन यता महानगरीय प्रहरी परिसर र अपराध महाशाखाले उनलाई खोजी गरिरहेको थियो। फ्याकेर भागेको भनिएको सुन पनि पछि सुन्धारामा प्रहरीलाई बुझाएको पाइएको थियो।

 

 घटनामा संलग्न अन्य प्रहरी जवान प्रशन्न श्रेष्ठ, बहादुरसिंह कडायत, कौशल पटेल, देवानसिंह पटेल, विजय पटेल ,निलेश साखिया, कालिगढ मनिष मल्लिक र उमेश श्रेष्ठ प्रहरी हिरासतमा छन्।

 

प्रहरीले यसअघि ट्याक्सी ड्राइभरलाई पनि नियन्त्रणमा लिएको थियो। तर पछि उनको दोष नदेखिएपछि प्रहरीले छोडेको थियो।

अन्सारी पहिले पनि जाली नोट कारोबार गरेको आरोपमा पक्राउ परेका थिए।उनी २०६८ साल असार २८ गते बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँका मुख्य कारोबारी थिए ।

 

त्यसपछि फरार उनलाई सीआईबीले २०७२ साल जेठमा पक्राउ गरेको थियो । उनको निकट सम्बन्ध ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित समातिएका युनुस अन्सारीसँग पनि रहेको छ । 

 

ट्याक्सी ड्राइभरलाई पनि नियन्त्रणमा लिएको थियो। तर पछि उनको दोष नदेखिएपछि प्रहरीले छोडेको थियो।अन्सारी पहिले पनि जाली नोट कारोबार गरेको आरोपमा पक्राउ परेका थिए।उनी २०६८ साल असार २८ गते बरामद भएको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँका मुख्य कारोबारी थिए ।

 

त्यसपछि फरार उनलाई सीआईबीले २०७२ साल जेठमा पक्राउ गरेको थियो । उनको निकट सम्बन्ध ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित समातिएका युनुस अन्सारीसँग पनि रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.