logo

जगदम्बा स्टीलका संक्रमीत ६ मजदुर सम्पर्क बाहिर ,संक्रमीतको बिवरण सार्वजनीक गर्न प्रशासनको आदेश, उधोग शिल

      8/13/2020 गते 00 00 मा प्रकाशित     1071   पटक पढिएको

जिल्ला प्रशासन कार्यालय बाराको आदेशमा बाराको सिमरामा रहेको जगदम्बा स्टीलमा सशलबन्दी गरिएको छ । उद्योगमा काम गर्ने ११जना मजदुरमा कोरोना भाइरस संक्रमण देखिएपछि उद्योग सशल गरीएको हो ।

 

उद्योगले भारतबाट मजदुर ल्याएर काममा लगाएको र गत बुधबार विभिन्न स्थानबाट ल्याइएका मजदुरहरुलाई राती ९ बजे भगाउन लागेपछि २७ जना मजदुरलाई उद्योगको गेटमै स्थानीयले समातेका थिए ।

 

मजदुरलाई स्थानीयले  सिमरा स्थित होटलमा क्वारेन्टाइन गरेका थिए । होटेलमा राखेका मजदुरलाई समेत स्थानीय प्रशासन र जनप्रतिनिधिलाई जानकारी नदिई उद्योगले भगाएको थियो  । उद्योगको गलत रबैयाका कारण सिमरामा कोरोना भाइरसको महामारी फैलन सक्ने भन्दै स्थानीयले उद्योग शिल गर्न चर्को दबाब दिएका थिए ।

 

आज साँझ उद्योगमा शिल गर्नका लागि इलाका प्रशासन कार्यालय प्रमुख लक्ष्मण ढकालको नेतृत्वमा गएको टोलीले उद्योगमा शिल गरेको थियो ।

 

सो अवसरमा इलाका प्रहरी कार्यालय इलाका  सिमराका प्रमुख डीएसपी दिपक श्रेष्ठ,जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष तिलक श्रेष्ठ, सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल,राष्ट्रिय अनुसन्धानका दीपक चौधरी,वडा सदस्य रामचन्द्र अधिकारी,तराई यातायात व्यवसायी सङ्घका कोषाध्यक्ष नारायणप्रसाद घिमिरे,स्थानीय युवाहरु सुशील ढकाल, मनिष प्याकुरेल कृष्ण अधिकारी,इश्वर थपलिया, राजकुमार न्यौपाने, श्रीराम रेग्मी,गौरव नेपाल,सुमित नेपाल,हरि चौधरी,स्थानीय समाजसेवीहरु रबिन्द्र खकुरेल,आर के भट्टराई लगायतको उपस्थिति रहेको थियो ।


अचम्म त के छ भने उद्योगमा कार्यरत ११ जना कामदारमा कोरोना स‌ंक्रमण पुष्टि भएकोमा ६ जना संक्रमित सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।


जिल्ला प्रशासन कार्यालय बाराले सम्पर्कविहीन रहेका ६ जना संक्रमितको विवरण दुई दिनभित्र सार्वजनिक गर्न आदेश दिँदै उक्त उद्योगलाई शिल गरेको हो ।

उद्योगमा कार्यरत श्रमिक, कामदार कर्मचारी मध्ये १ सय २३ जनाको स्वाबको नमुना परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

उनीहरुले समुदायमा कोरोना संक्रमण फैलाउन सक्ने जोखिम बढेको गुनासो आएपछि उद्योग सिल गर्नुको साथै संक्रमतिको विवरण सार्वजनिक गर्न आदेश दिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनु भयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.