logo

जगदम्बा स्टीलका संक्रमीत ६ मजदुर सम्पर्क बाहिर ,संक्रमीतको बिवरण सार्वजनीक गर्न प्रशासनको आदेश, उधोग शिल

      8/13/2020 गते 00 00 मा प्रकाशित     900   पटक पढिएको

जिल्ला प्रशासन कार्यालय बाराको आदेशमा बाराको सिमरामा रहेको जगदम्बा स्टीलमा सशलबन्दी गरिएको छ । उद्योगमा काम गर्ने ११जना मजदुरमा कोरोना भाइरस संक्रमण देखिएपछि उद्योग सशल गरीएको हो ।

 

उद्योगले भारतबाट मजदुर ल्याएर काममा लगाएको र गत बुधबार विभिन्न स्थानबाट ल्याइएका मजदुरहरुलाई राती ९ बजे भगाउन लागेपछि २७ जना मजदुरलाई उद्योगको गेटमै स्थानीयले समातेका थिए ।

 

मजदुरलाई स्थानीयले  सिमरा स्थित होटलमा क्वारेन्टाइन गरेका थिए । होटेलमा राखेका मजदुरलाई समेत स्थानीय प्रशासन र जनप्रतिनिधिलाई जानकारी नदिई उद्योगले भगाएको थियो  । उद्योगको गलत रबैयाका कारण सिमरामा कोरोना भाइरसको महामारी फैलन सक्ने भन्दै स्थानीयले उद्योग शिल गर्न चर्को दबाब दिएका थिए ।

 

आज साँझ उद्योगमा शिल गर्नका लागि इलाका प्रशासन कार्यालय प्रमुख लक्ष्मण ढकालको नेतृत्वमा गएको टोलीले उद्योगमा शिल गरेको थियो ।

 

सो अवसरमा इलाका प्रहरी कार्यालय इलाका  सिमराका प्रमुख डीएसपी दिपक श्रेष्ठ,जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष तिलक श्रेष्ठ, सार्वजनिक सरोकार समितिका संयोजक मनोज पौडेल,राष्ट्रिय अनुसन्धानका दीपक चौधरी,वडा सदस्य रामचन्द्र अधिकारी,तराई यातायात व्यवसायी सङ्घका कोषाध्यक्ष नारायणप्रसाद घिमिरे,स्थानीय युवाहरु सुशील ढकाल, मनिष प्याकुरेल कृष्ण अधिकारी,इश्वर थपलिया, राजकुमार न्यौपाने, श्रीराम रेग्मी,गौरव नेपाल,सुमित नेपाल,हरि चौधरी,स्थानीय समाजसेवीहरु रबिन्द्र खकुरेल,आर के भट्टराई लगायतको उपस्थिति रहेको थियो ।


अचम्म त के छ भने उद्योगमा कार्यरत ११ जना कामदारमा कोरोना स‌ंक्रमण पुष्टि भएकोमा ६ जना संक्रमित सम्पर्कविहीन रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।


जिल्ला प्रशासन कार्यालय बाराले सम्पर्कविहीन रहेका ६ जना संक्रमितको विवरण दुई दिनभित्र सार्वजनिक गर्न आदेश दिँदै उक्त उद्योगलाई शिल गरेको हो ।

उद्योगमा कार्यरत श्रमिक, कामदार कर्मचारी मध्ये १ सय २३ जनाको स्वाबको नमुना परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

उनीहरुले समुदायमा कोरोना संक्रमण फैलाउन सक्ने जोखिम बढेको गुनासो आएपछि उद्योग सिल गर्नुको साथै संक्रमतिको विवरण सार्वजनिक गर्न आदेश दिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनु भयो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.