logo

कोरोना कहरका पीडितलाई सहयोग गर्न कोभिड एक्सन टिम (क्याट ) गठन आजैबाट सेवा उपलब्ध हुने

      8/14/2020 गते 00 00 मा प्रकाशित     1019   पटक पढिएको

 

कोरोना भाइरसको संक्रमणको सन्त्रासमा उपचार नगर्ने अस्पतालहरुको शैलीका कारण ज्यान गुमाउने पर्ने अवस्था आएकोमा त्यो अवस्था अन्त्यकोलागि कोभिड एक्सन टिम गठन भएको छ ।

 

टिमले कोरोना भाइरसको संक्रमण पुष्टि नभएका  तर त्यसको डरमा अन्य रोगको समेत उपचार नपाउने अवस्था अन्त्यमा भूमिका निर्वाह गर्ने बताइएको छ ।


उपचार अभावमा मान्छे मर्नु पर्ने नियतिको अन्त्कालागि सर्व साधारणलाई सहयोग पुर्याउन टिम बनाइएको टिमका संयोजक जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नेक महम्मद हुसेनले  जानकारी दिनु भयो । 

 


सर्व साधारणलाई दिइने सहयोग टिमले आजबाटै उपलब्ध गराउने भएको छ । टिमले चार वटा हेल्प लाइन सार्वजनीक गरेको टिमका सदस्य एवं जसपाका पर्सा सचिव तवरेज अहमदे जानकारी दिनु भयो ।

 

उहाँका अनुसार ९८४५०२२०७३, ९८५५०२८१८२, ९८५५०४००७५, ९८५५०३३६०१ नम्बरहरु हेल्पलाईनको रुपमा सार्वजनीक गरिएको बताउनु भयो । उहाँले आवश्यक सहयोगको खाँचो परेका ब्यक्तिहरुलाई सम्पर्क  गर्न समेत अनुरोध गर्नु भएको छ ।  

 

बिरामीले समयमा उपचार नपाएका बीरगंजका पछिल्ला घटनाक्रमहरु निकै पीडादायक भएको नेपाली कांग्रेस पर्साका सचिव तथा टिमका सदस्य श्याम पटेलले स्मरण गर्नु भयो । उपचारको अभावमा मान्छे मर्नु पर्ने अवस्था आउन नदिन पुलको भूमिका टिमले निर्वाह गर्ने उहाँले बताउनु भयो ।  

 

आज सम्पन्न बैठकले जिल्ला समन्वय समिति पर्साका सभापत्ति नेक महमद हुसैनको संयोजकत्वमा टिमको निर्माण गरेको हो। टिममा नेपाली काग्रेसका  पर्सा सचिव  श्याम पटेल, जनता समाजवादी पार्टीका सचिव  तबरेज अहमद, नेकपाका संजिव मिश्र, नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनुप तिवारी, वीरगञ्ज उधोग बणियज्य संघका मनोज कुमार दास, संचारकर्मी राजन रौनियार, राजेन्द्र सिंह, शम्भु कुमार सुमन, नरेश सरार्फ, हरि प्रसाद कुर्मी, सदस्य रहनु भएको छ ।


टिमले मिडिया सेन्टरको समेत स्थापना गरेको छ । पत्रकार राजन रौनीयारको संयोजकत्वमा पत्रकारहरु राजेन्द्र सिंह राजपुत, शम्भु कुमार सुमन, नरेश सरार्फ तथा आरोहण साह रहेको मिडिया सेन्टर बनाएको हो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.