पर्सामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
उहाँको साउन ३० गते शुक्रबार बेलुकी ७ बजे मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ । योसँगै पर्सामा कोरोना संक्राणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि गत साउन २४ गते उहाँ वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना हुनु भएको थियो । उहाँमा पहिलेदेखि नै उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिको समस्या थियो ।
शुक्रबार बेलुकी एक्कासी स्वास्थ्यमा थप समस्या आएको र उपचारकै क्रममा निधन भएको गण्डक कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंहले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया