logo

२० प्रतिशत बेडमा कोभिड बिरामी उपचार गर्ने सरकारी नीति लागू गराउन नागरिक समाजको माँग

      8/15/2020 गते 00 00 मा प्रकाशित     1196   पटक पढिएको


बीरगंजको नागरिक समाजले बीरगंजमा रहेका सबै अस्पतालहरुमा  नेपाल सरकारको निर्णय बमोजीम २० प्रतिशत बेड कोरोना भाइरसबाट संक्रमीत बिरामीको उपचारकालागि छुट्ट्याएर  बिरामीको निर्वाध उपचारको ब्यवस्था मिलाउन पर्साका प्रमुख जिल्ला अधिकारी आशमान तमाङको ध्यानाकर्षण गराएको छ । 

 


उहाँकै कार्यकक्षमा पुगी नागरिक समाजका प्रतिनिधिहरुले ध्यानाकर्षण पत्र बुझाउदै यस्तो माँग गरेका हुन । जिल्ला संकट ब्यवस्थापन केन्द्रले साउन २३ गते नेशनल मेडिकल कलेज शिक्षण अस्पतालको ३ सय बेडमा कोभिड संक्रमीतको उपचारकोलागि केन्द्रीय सीसीएमसीमा पठाएकोमा सीसीएमसीले समेत सो अनुसारको प्रयोग उपयुक्त हुने भनेकोले यो निर्णयको कार्यान्वयनकोलागि पनि समाजले आग्रह गरेको छ । 


कोभिड संक्रमणको चेन ब्रेककालागि ट्रेकिङ, ट्रेसिङ र टेस्टिङ आवश्यक रहेकोले महानगरसंग मिलेर एक घर एक पिसीआर परिक्षणलाई अगाढि बढाउन समेत समाजले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।

 

समाजले नारायणी अस्पताललाई जनरल अस्पतालको रुपमा संचालन गर्न , कोभिड सम्बन्धमा दिन एक पटक आधिकारी सूचना प्रवाहकालागि ब्यवस्था मिलाउन, ५ सय बेडको कोभिड अस्पताल निर्माणकालागि संघ तथा प्रदेश संग पहल गर्न  समेत समाजले ध्यानकर्षण गराएको अधिवक्ता कमल मोहन पोख्रेलले जानकारी दिनु भयो । 


समाजका संयोजक डा.दीपक शाक्यको नेतृत्वमा गएको नागरि समाजको टोलीले  होम आइसोलेशनमा रहेकाहरुले त्य सम्बन्धी मापदण्ड पालना गरेको नपाइएकोले अनुगमन बढाउन , कोरोना कारण मृत्यु भएपनि आफनो धर्म परम्परा अनुसार अन्ति संस्कार गर्ने कुरालाई सम्मान गर्न ,सीमा नाकाबाट भइरहेको प्रवेशलाई नियन्त्रण गर्न  समेत समाजले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । समाजले दैनीक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्नेहरुलाई राहत उपलब्ध गराउन समेत माँग गरेको छ । 

 

    साथसाथै,कोरोना भाईरस (कोभिड – १९) को संक्रमणलाई रोक्न सरकारले जारी गरेका निर्देशनको पालना गर्न, अनावश्यक घर बाहिर ननिस्कन, कुप्रचार र होहल्लाको पछि नलाग्न,  निराशाजनक अभिव्यक्ती सम्प्रेषण नगर्न, कसैलाइ अनावश्यक दोषारोपण नगर्न,धैर्य भइ बस्न तथा आफु र आफ्नो परिवारको शारिरिक एवं मानसिक स्वास्थ्य समेतको ख्याल गरि स्वास्थ सुरक्षाका उपायहरु अबलम्बन गर्न, संयमित रहन  आम नागरिक  सर्वसाधारणलाइ विभिन्न माध्यमबाट सूचना सम्प्रेषण गर्न  पनि समाजले प्रमुख जिल्ला अधिकारीलाई आग्रह गरेको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.