शनिबार बीरगन्जमा कोरोना संक्रमणबाट वीरगञ्ज २६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुष को मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या महशुस भएपछि उहाँलाइ नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याएको केही बेरमा उहाँको मृत्यु भएको हो। उहाँको शव नारायणी अस्पतालको आकस्मिक कक्षमा राखिएको छ।
उहाँलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएको थियो । नाक र मुखबाट रगत निस्किन थालेपछि परिवारजनले अस्पताल लगेका थिए। तीन दिन देखी श्वास प्रश्वासमा समस्या भएपनि गाउँमै औषधी खाएर बसेका कारण उपचारमा ढिलाई भएको हो ।
अस्पतालका चिकित्सक डाक्टर उदय नारायण सिंहले समयमै उपचारका लागि अस्पतालमा नल्याउँदा विरामीको मृत्यु भएको बताउनु भयो ।
मृत्युुपछि नारायणी अस्पतालमा परीक्षण गरिएको स्वाबको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ।
तपाईको प्रतिक्रिया