चितवनको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीसहित अस्पतालका तीन जना डाक्टर र एक स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।
अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार डा तिवारी, प्रसूति तथा स्त्रीरोग विभागका डा सुनिलमणी पोखरेल, आकस्मिक कक्षका डा.कृपा पौडेलएक जसहित एक स्वास्थ्कर्मीमा कोरोना पोजिटिभ देखिएको हो।
डा. अधिकारीका अनुसार उहाँहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उहाँले जानकारी दिनु भयो ।
कोरोना संक्रमीतहरको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी उपचार ब्यवस्थापनमा खटिदा नै संक्रमीत हुन पुग्नु भएको डा. अधिकारीले बताउनु भयो ।
डा.अधिकारीले भन्नु भयो । उहाँहरुको अवस्था सामान्य रहेकाले छिट्टै निको भएर पुन बिरामीको सेवामा खट्नुहुन्छ।
उहाँका अनुसार प्रयोगशाला परीक्षणका क्रममा अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीसहित चितवन जिल्लाका अन्य २७ र १ जना सर्लाहीका गरी २८ जनामा कोरोना संक्रमण देखिएको हो।
तपाईको प्रतिक्रिया