logo

स्वर्णकार हत्या प्रकरण, अभियुक्तहरु सार्वजनीक,प्रेम सम्बन्ध नै हत्याको कारण

 इसीमाना सम्वाददाता     २०८० कार्तिक १५ गते १६: ३९ मा प्रकाशित     626   पटक पढिएको

कलैया । रुपेश स्वर्णकारको हत्यामा संलग्नहरु लाई बारा प्रहरीले बुधवार सार्वजनीक गरेको छ । प्रहरीले उनीहरुको तस्विर मात्र सार्वजनीक गरेकोमा पत्रकारले भौतीक रुपमा सार्वजनीक गर्न दवाव दिएपछि प्रहरीले उनीहरुलाई सार्वजनीक गरेको हो । प्रहरीले हत्या अभियोग लागेका ५ जनालाई मात्र सार्वजनीक गरको छ ।

 


सार्वजनिक गरिएकामा कलैया उपमहानगरपालिका वडा नं ६ मदर्शाटोलकी २२ वर्षिय राधा गुप्ता, भारत बिहारको घोडा सहनका २३ वर्षिय चन्द यादव, घोडासहनकै २३ वर्षिय अभिनब कुमार सिह, कलैया उपमहानगरपालिकाको वडा नं ६ का ३४ वर्षिय जामिल अख्तर, वडा नं ९ का २६ वर्षिय रियाज अन्सारी रहेका छन ।

 

पक्राउ परेकी राधा गुप्ता तीन वर्ष देखि भारत बिहार छौडादानो निवासी मनोज गुप्तासँगको प्रेममा थिइन । अहिले सरार्फसँग पनि प्रेम सम्बन्धमा रहेको प्रहरीले सार्वजनीक गरेको छ । यही सम्बन्धनै सर्राफको मृत्युको कारण बनेको प्रहरी निरक्यौल गरेको छ ।


राधाले सर्राफको बिद्यालय बाल एकता बोर्डिङमा काम गर्न थालेपछि उनीहरुवीच प्रम सम्बन्ध बनेको थियो ।

 

यो सम्बन्धको बारेमा जानकारी पाएका गुप्ताका परिवार र उनका भारत तर्फका प्रेमी मनोज गुप्ताको जोड बलमै सात महिना अगाडि उनले बिद्यालयको जागिर छोडनु परेको थियो । सर्राफसंगको सम्बन्ध तोड्नकालागि गरिएको यो प्रयास सफल भने भएन ।

 

राधा र रुपेश वीचको सम्बन्ध बाक्लिदै गएको रिसमा मनोजले हत्याको योजना बनाएर त्यसलाई कार्यान्वयन गरेको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले बताए ।

 गत सोमबार दिउँसो सर्राफमाथि कलैया उपमहानगरपालिकाको वाड नं ६ मदर्शाटोल नजिक गोली प्रहार भएको थियो। गोली लागेर घाइते भएका सराफको वीरगन्जस्थित वयोधा अस्पतालमा उपचारकोलागि भर्ना गरिएको थियो । कलैया ६ का ३५ वर्षीय सर्राफको उपचारको क्रममा सोही दिन निधन भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

समाज

हेटौंडामा भोलिदेखि देखि सडक विस्तारः २५/२५ गजभित्रका संरचना हटाइने,२५ वटा डोजर र २५ वटा अन्य मेसिन प्रयोग हुने

हेटौंडा । भोलिदेखि हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म, साथै बुद्धचोक–सामरी पुल खण्डसम्म पर्ने २५/२५ गजभित्रका घर–टहरा तथा अन्य संरचना भत्काइने भएका छन्।

मधेसका चार सय तीन परिवार ग्रामीण विद्युतीकरण कार्यक्रमबाट लाभान्वित

सर्लाही ।  सामुदायिक तथा ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत मधेसका आठ जिल्लाका कुल ४०३ परिवार बिधुतसेवा पहुँचमा जोडिएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.