logo

स्थानीय प्रशासनको आदेशको बर्खिलाप बढेपछि निषेधाज्ञालाई थप प्रभावकारी बनाउन पर्सामा सेना परिचालन 

      8/16/2020 गते 00 00 मा प्रकाशित     1379   पटक पढिएको

पर्सामा निषेधाज्ञालाई अझ मजबुत बनाउन जिल्ला सुरक्षा समितिले सेना परिचालन गर्ने निर्णय गरेको छ । बीरगंजमा साउन १० गते देखी स्थान्ीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

 

कोरोना भाइरसको संक्रमण ग्रामीण इलाकामा पनि देखिन थालेपछि साउन १९ गते बाट जिल्ला भरि निषेधाज्ञा बिस्तार गरिएको थियो । 


साउन १९ गते स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम  पर्सा जिल्लाभर विस्तार जिल्ला सुरक्षा समितिले निर्णय गरेको थियो । 


कोरोना भाइरसको संक्रमणको चेनलाई ब्रेक गर्नकालागि निषेधाज्ञाको आदेश जारी गरिएको भएता पनि आदेशको उल्लंघन गर्दै मानिसको आवागमन पनि नियन्त्रण नभएको र संक्रमण पनि बढ्दो क्रममा रहेकोले सेना समेत परिचालन गर्नु अवस्था आएको एक सुरक्षा अधिकारीले बताएका छन ।


निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काम बाहेक अन्य अवस्थामा बाहिर ननिस्कन स्थानीय प्रशासनले अनुरोध गरेको थियो ।सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा बन्द रहने आदेशमा उल्लेख थियो ।

 

निषेधाज्ञा अवधीमा शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार, भन्सार, आइसीपी, ड्राईपोर्ट, बैंक (भन्सार,आइसिपी र डाईपोर्टमा रहेका मात्र), क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा मात्र खुल्ला रहनेछन् ।

 

तर सवारी साधनको संचालन लगायत आदेशका अन्य प्रवन्धहरुको समेत बर्खिलाप बढेपछि स्थानीय प्रशासन सेनालाई समेत मैदानमा उतार्ने निर्णयमा पुगेको हो ।

 

सेनाले फ्रण्टलाईनमा रहेको नेपाल प्रहरी  सीमा सरक्षाको फ्रन्टलाईनमा रहेको सशस्त्र प्रहरीलाई सहयोग पुर्याउने गरि सेना सडकमा निस्कन लागेको सुरक्षा स्रोतको भनाई छ । प्रहरी र सेनाको संयुक्त गस्ती हुने र त्यसले निषेधाज्ञालाई पालना गर्ने वतावरण बनाउने बताएको छ ।

 

अवस्था नियन्त्रण भन्दा बाहिर गए सेना परिचालन गर्ने प्रवन्ध त छ । सेना परिचालनको निर्णयले त्यही अवस्थालाई दर्शाउन नखोजेको सुरक्षास्रोतको भनाई छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.