logo

स्थानीय प्रशासनको आदेशको बर्खिलाप बढेपछि निषेधाज्ञालाई थप प्रभावकारी बनाउन पर्सामा सेना परिचालन 

      8/16/2020 गते 00 00 मा प्रकाशित     1226   पटक पढिएको

पर्सामा निषेधाज्ञालाई अझ मजबुत बनाउन जिल्ला सुरक्षा समितिले सेना परिचालन गर्ने निर्णय गरेको छ । बीरगंजमा साउन १० गते देखी स्थान्ीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

 

कोरोना भाइरसको संक्रमण ग्रामीण इलाकामा पनि देखिन थालेपछि साउन १९ गते बाट जिल्ला भरि निषेधाज्ञा बिस्तार गरिएको थियो । 


साउन १९ गते स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम  पर्सा जिल्लाभर विस्तार जिल्ला सुरक्षा समितिले निर्णय गरेको थियो । 


कोरोना भाइरसको संक्रमणको चेनलाई ब्रेक गर्नकालागि निषेधाज्ञाको आदेश जारी गरिएको भएता पनि आदेशको उल्लंघन गर्दै मानिसको आवागमन पनि नियन्त्रण नभएको र संक्रमण पनि बढ्दो क्रममा रहेकोले सेना समेत परिचालन गर्नु अवस्था आएको एक सुरक्षा अधिकारीले बताएका छन ।


निषेधाज्ञा अवधिभर औषधी उपचार तथा अन्य अत्यावश्यक काम बाहेक अन्य अवस्थामा बाहिर ननिस्कन स्थानीय प्रशासनले अनुरोध गरेको थियो ।सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा बन्द रहने आदेशमा उल्लेख थियो ।

 

निषेधाज्ञा अवधीमा शान्ति, सुरक्षा तथा सुव्यवस्था, स्वास्थ्य, खानेपानी, दुध, विद्युत, दमकल, संचार, भन्सार, आइसीपी, ड्राईपोर्ट, बैंक (भन्सार,आइसिपी र डाईपोर्टमा रहेका मात्र), क्वारेन्टाइन, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधी जस्ता अति आवश्यक सेवा मात्र खुल्ला रहनेछन् ।

 

तर सवारी साधनको संचालन लगायत आदेशका अन्य प्रवन्धहरुको समेत बर्खिलाप बढेपछि स्थानीय प्रशासन सेनालाई समेत मैदानमा उतार्ने निर्णयमा पुगेको हो ।

 

सेनाले फ्रण्टलाईनमा रहेको नेपाल प्रहरी  सीमा सरक्षाको फ्रन्टलाईनमा रहेको सशस्त्र प्रहरीलाई सहयोग पुर्याउने गरि सेना सडकमा निस्कन लागेको सुरक्षा स्रोतको भनाई छ । प्रहरी र सेनाको संयुक्त गस्ती हुने र त्यसले निषेधाज्ञालाई पालना गर्ने वतावरण बनाउने बताएको छ ।

 

अवस्था नियन्त्रण भन्दा बाहिर गए सेना परिचालन गर्ने प्रवन्ध त छ । सेना परिचालनको निर्णयले त्यही अवस्थालाई दर्शाउन नखोजेको सुरक्षास्रोतको भनाई छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.