क्षयरोगको समस्यासंग जुधिरहेका रौतहटका एक युवामा मृत्यु पछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि शनिवार बीरगंजको नारायणी अस्पतालमा भर्ना गरिएका युवाको राति मृत्यु भएको अस्पतालले जनाएको छ ।
नारायणी अस्थायी कोरोना अस्पतालका इन्चार्ज डा.उदय नारायण सिंहका अनुसार शनिबार राति ८ बजे मृत्यु भएका रौतहटको गौर नगरपालिका वडा नं १ हनुमान चोकका ३२ वर्षीय युवकमा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबार मृत्यु भएपछि उनको स्वाब संकलन गरि परीक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो ।
यसअघि पनि वीरगञ्जमा उपचारको क्रममा रौतहटका एक जना कोरोना संक्रमितको मृत्यु भएको थियो । यो सँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
साउनमा मात्रै २४ जनाको मृत्यु भएको छ ।पर्साका २० जना, बाराका ५ जना र रौतहटका २ जना र १ जना पहचिान खुल्न नसकेका युवाको मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया