कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मंत्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना भाइरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको बताउनु भएको हो ।
मोरङका ६० वर्षीय पुरुष, रौतहटका २५ वर्षीय पुरुष र काठमाडौँको ५८ वर्षीय महिलाको मृत्यु भएको डा. गौतकमले नियमित ब्रिफिङका क्रममा जानकारी गराउनु भएको हो ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ । त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप ५८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भने निको भइ डिस्चार्ज हुनेको संख्या १६० रहेको छ ।
तपाईको प्रतिक्रिया