कोरोना भाइरसको संक्रमण पनि उपचार गराईरहेका २ महिला सहित ११ जनाले आज कोरोना परास्त गरि घर फर्किनु भएको छ ।
नारायणी अस्थायी कोरोना बिशेष अस्पताल गण्डकमा उपचार गराईरहनु भएका ११ जना सोमवार संक्रमणमुक्त भएर घर फर्किनु भएको हो ।
पिसीआर प्रविधिबाट स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उहाँहरुलाई अस्पतालबाट बिदा दिएको डा.उदयनारायण सिंहले बताउनु भयो । सङ्क्रमणमुक्त हुनेमा २० वर्षका युवादेखि ५३ वर्षका वृद्ध समेत रहेका छन् ।
संक्रमणमुक्त हुनेमा पर्साका ४ जना र बाराका ७ जना रहेका छन । बाराका कलैया र जीतपुर सीमरा उपमहानगरपालिकाका हुन भने अन्य बीरगंजकै हुन ।
तपाईको प्रतिक्रिया