logo

ठोरीमा पनि एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि,बिरामीलाई बीरगंज ल्याउदै

      8/17/2020 गते 00 00 मा प्रकाशित     988   पटक पढिएको

पर्साको ठोरी गाउपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टी भएको छ। गापाको वडा ३ का ५३ वर्षीय एक पुरुषको पिसिआर रिपोर्ट आएसंगै उनमा कोरोना संक्रमण पुष्टी भएको हो।

 


गापाले गत श्रावण २६ गते उनीसंगै १९ जनाको स्वाव संकलन गरेर पिसिआर परीक्षणका लागि टेकु स्थित प्रयोगशाला पठाएको थियो। १९ जनामध्ये उनको रिपोर्ट पोजिटिभ आएको र अर्को एक जना पुरुषको स्वाव को रिपोर्ट नआएपछी पुन  पठाउन लागिएको ठोरी गापाका स्वास्थ्य संयोजक रमेशराज थिङ्ले जानकारी दिनु भयो । बाँकी सबैको पिसिआर रिपोर्ट नेगटिभ आएको स्वास्थ्य संयोजक थिङ्ले जानकारी दिनु भयो ।

 

बाराको परवानीपुर स्थित एक उद्योगमा कार्यरत उहाँ  श्रावण २१ ठोरी आउनु भएको थियो ।  ज्वरो आउने,  रुघाखोकी लाग्ने लगायतका लक्षण देखिएपछी उहाँ  आफै होम आइसोलेसनमा बस्नु भएको थियो ।  

 

उहाँलाई  थप उपचारको लागि बीरगंज स्थित हेल्थ केयर अस्पताल पठाउन लागिएको गापा स्वास्थ्य संयोजक थिङ्ले जानकारी दिनु भयो ।

 यसैबीच हालसम्म ठोरीमा स्वास्थ्यकर्मी बाहेक क्वारेन्टाइन र होम आइसोलेसनमा रहेका २७० जनाको पिसिआर परीक्षण गरिएको छ।

 

गापाको विभिन्न क्वारेन्टाइनमा रहेका २१४ जना र होम आइसोलेसनमा रहेका ५६ जनाको पिसिआर परीक्षण गरिएको गापा कार्यालयले जनाएको छ। पिसिआर परिक्षण गराएकाहरु मध्ये २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

 

२ जना मध्ये  आइतवार अबेर ठोरीका ५० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ भने अर्का  सरस्वती मावि ठोरी क्वारेन्टाइनमा रहेका ५६ बर्षीय इलामका पुरुषमा  यस अघि नै कोरोना संक्रमण पुष्टी भएको थियो।  उहाँ  गत श्रावण २८ गते नै अस्थायी कोरोना अस्पताल गण्डकबाट कोरोना संक्रमण निको भएर इलाम गईसक्नु भएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.