logo

नवलपरासी कांग्रेस उपसभापति गिरी सहित कोरोनाका कारण चारको मृत्यु

      8/18/2020 गते 00 00 मा प्रकाशित     804   पटक पढिएको

 पोखरामा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको मृत्यु भएको छ ।

 

तनहुँ ब्यास–१ घर भएकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।हिजो राती मृत्यु भएकी महिलाको आज बिहान कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । 

 

महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनियाको संक्रमण पनि रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. पदम खड्काका अनुसार मृतक महिलामा कोरोना देखिएपछि हाल अस्पतालको सेवा बन्द गरिएको छ । 

 

यता  नेपाली काँग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।  ३८ वर्षीय गिरीको उपचारको क्रममा मंगलबार बिहान ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो ।

 

कोरोना संक्रमण पुष्टि भएपछि बुटवल स्थित कोरोना अस्पतालमा उपचार हुदैं आएको थियो । तर अवस्था गम्भीर बनेपछि  साउन ३० गते यता पाटन अस्पतालमा राखेर उपचार थालिएको थियो । अवस्था गम्भीर भएपछि सोमबार साँझ भेन्टिलेटरमा राखेर उहाँको उपचार सुरु गरिएको थियो। 

 

कोरोना कहरले देश नै आक्रान्त बनाईरहेको बेला काभ्रेमा पनि कोरोना संक्रमणबाट एक बृद्धको मृत्यु भएको छ ।

उपचारको क्रममा कोरोना संक्रमित धुलिखेलका अस्पतालमा ९८ वर्षीय वृद्धको मृत्यु भएको हो । उहाँलाई साउन २७ गते कोरोना संक्रमण पुष्टि थियो । 

 

यस्तै गएराति बाँकेको नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर ५ का ६२ वर्षका पुरुषको पनि नेपालगञ्ज शिक्षण अस्पतालमा ज्यान गएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

धारिलो हतियार प्रयोग गरि श्रीमतीको हत्या आरोपमा ३५ वर्षिय श्रीमान पक्राउ

कलैया । जिल्लाको कलैया उप–महानगरपालिका वडा नम्बर १० मटिअर्वामा घरायसी विवाद श्रीमानले श्रीमतीको हत्या गरेका छन ।

पूर्व राष्ट्रपती भण्डारीले सुविधा फिर्ता लिन गृहमन्त्रालयलाई लेखीन पत्र

काठमाडौं । विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको रूपमा सरकारबाट पाउने सेवा सुविधा फिर्ताका लागि गृह मन्त्रालयमा निवेदन दिएकी छिन्।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.