logo

पर्सा र पोखरियाको समग्र विकासलागि आजै प्रधानमन्त्रीसँग कुरा गर्छुः एमाले अध्यक्ष ओली

एमाले बाहेकका अन्य पार्टीले विकास गर्न नसक्ने स्पष्ट

 इसीमाना सम्वाददाता     २०८० मंसिर ५ गते ०५: ३५ मा प्रकाशित     566   पटक पढिएको

बीरगंज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक अरु पार्टीले देशको विकास गर्न नसक्ने ठोकुवा गरेका छन् ।

 


नेकपा एमाले पर्साले मंगलबार पोखरियामा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा उनले नेकपा एमाले र आफूले नेतृत्व गरेको समयमा भएको विकास र अहिले पनि एमालेका जनप्रतिनिधिहरुले नेतृत्व गरेको स्थानीय तहहरुको विकास हेर्दा नेकपा एमाले बाहेकका अन्य पार्टीले विकास गर्न नसक्ने स्पष्ट देखिएको बताए ।

No description available.
आफ्नो प्रधानमन्त्रीत्वकालमा देशमा भएको पूर्वाधार विकासको क्षेत्रमा उल्लेखनीय काम गरेको बताउदै उनले विश्वमा छिटो विकास गरेका १० देशको सूचीमा पार्न सफल भएको बताए । अहिले नेपाल विश्वमा सबैभन्दा कम विकास गरेको देशको सूचीमा रहेको ओलीको भनाई थियो । उनले नेपाल धार्मिक र ऐतिहासिक हिसाबले पनि महत्वपूर्ण भएको बताउदै भगवान राम नेपालकै अयोध्यापूरीमा जन्मिएको दावी दोहो¥याए ।

 


भारतको अयोध्या डेढसयबर्ष अघि फैजावाद रहेको दावी गर्दै त्यहाँ रामको जन्म भएको कुनै इतिहास र प्रमाणहरु फेला नपरेकोले पनि रामको जन्म नेपालकै अयोध्यापुरीमा भएको विभिन्न अध्ययन अनुसन्धानले देखाएको दावी गरे ।

 

मधेसमा विकास गर्ने एमाले नै भएको भन्दै पूर्वप्रधानमन्त्री ओलीले मधेसमा विकासको मेरुदण्डको रुपमा रहेको हुलाकी सडक निर्माण एमाले सरकारकै पालामा भएको बताए ।


अध्यक्ष केपी शर्मा ओलीले केही राजनीतिक दलले जातिको कुरा गरेर जनतालाई भिडाउने काम गरिरहेको बताए ।

अध्यक्ष ओलीले स्वार्थ पूर्तिका लागि जनतालाई भिडाउने काम एमालेले नगर्ने बताए । उनले एमाले सबैलाई एकताबद्ध गरेर राष्ट्र निर्माण गर्ने अभियानमा लागेको बताए ।

उनले जातको नभएर परिवर्तन, विकास, एकता र देशको कुरा गर्नुपर्नेमा जोड दिए । ‘विद्यालय र क्याम्पस जातको बन्दैन्, मान्छेले नबुझेर मात्र जातको कुरा गर्छन्’, उनले भने ।अध्यक्ष ओलीले विभिन्न भ्रमहरु त्यागेर राष्ट्र निर्माणको अभियानमा लाग्न आह्वान समेत गरे ।


पोखरियाको आमसभापछि आफू प्रधानमन्त्रीसँग छलफलका लागि सिधैं बालुवाटार जाने जानकारी दिदैँ पर्साको समग्र विकास र पोखरियाको विकासका लागि आफूले प्रधानमन्त्रीसँग पनि कुरा राख्ने आश्वासन दिए । उनले आरती साह हत्या प्रकरण, बारामा भएको गोलीकाण्डको विषयमा पनि गृहमन्त्रीसँग पटक पटक न्यायका दिलाउन भनेको र फेरी पनि अन्यायमा परेकाहरुलाई न्याय दिलाउन सरकारसँग आग्रह गरे ।

No description available.
नेकपा एमालेका पर्सा संयोजक डाक्टर विश्वम्भर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जसपा नेपालका नेता एवं पूर्व प्रतिनिधिसभा सदस्य हरिनारायण रौनियार, लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ मुन्नी श्रीवास्तव, नेपाल सुशासन पार्टीकी केन्द्रीय सदस्य विनादेवी बैठा, धोविनी गाउँपालिकाका पूर्व अध्यक्ष सुरेश पटेल सहित सैयौ ब्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।


कार्यक्रममा नव प्रवेशी रौनीयारले देशको बिकास र समृद्धि नेकपा एमाले के.पी ओलीको नेतृत्वमा हुने भएकोले नै आफू एमालेमा प्रवेश गरेको बताए । उनले आफू एमालेको साधारण कार्यकर्ताको रुपमा नयाँ राजानीतिक यात्रामा निस्केको बताए ।

 

उनले भने जनसपाको नेतृत्व जनतालाई लडाएर आफनो स्वार्थ पुरा गर्न तल्लीन रहेकोले आफूले जसपा त्यागेको बताए । उनीहरुलाई पार्टी अध्यक्ष केपी ओलीले गाम्छा लगाएर स्वागत गरेका थिए ।

No description available.

नवप्रवेशीहरुलाई स्वागत गर्दै उनले सबैले पार्टीमा स्थान पाउने र पूराना साथीहरुले नयाँ आउनेलाई भाग खोस्न आएको जस्तो नठान्न आग्रह गरे । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई कोशी प्रदेशका इन्चार्ज रघुविर महासेठ पोलिटब्यूरो सदस्य पुरुषोत्तम पौडेल ,अच्यूत मैनाली , ज्वाला साह, सुमन प्याकुरेल केन्द्रीय सदस्यहरु प्रभू हजरा अरविन्द कुमार सिह , राजकुमार गुप्ता निर्मला देवकोटा मधेश प्रदेशका पदाधिकारी तथा सदस्यहरु , सल्लाहकार समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

धनुषामा भएको घटनाको असर वीरगंजमा,सुरक्षा सर्तकर्ता बढाइयो

वीरगंज । टिकटकमा एकअर्काको धर्म–संस्कृतिलाई लक्षित गरी गरिएको अभद्र टिप्पणीका कारण मधेश प्रदेशमा तनाव बढेको छ। धनुषामा सुरु भएको घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ।

मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको छः मन्त्री पटेल

वीरगञ्ज । मधेस प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री श्याम पटेलले मानव सेवा आश्रमले दिएको सेवा समाजकालागि निकै अनुकरणीय रहेको बताएका छन ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.