पर्सामा कोरोना संक्रमणका कारण थप एकजनाको ज्यान गएको छ ।
वीरगन्जको गण्डक कोभिड अस्पतालमा उपचार गराई रहेका ब्यक्तिको ज्यान गएको नारायणी कोभिड अस्पतालका कोअर्डिनेटर डाक्टर उदयनारायण सिंहले जानकारी दिनुभयो ।
वीर्ताका ८६ बर्षीय पुरुषको गएराति १० बजे गण्डक अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो । ८६ बर्षीय वृद्धको कोभिड निमोनियाको उपचार गराउदै गर्दा मृत्यु भएको हो ।
उहाँको स्वाब साउन २३ गते संकलन गरिएको थियो । २६ गते आएको रिपोर्टमा उहाँमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
तपाईको प्रतिक्रिया