logo

पर्सामा मृत्यु पछि कोरोना संक्रमणको पुष्टि ,अहिले सम्म मर्नेको संख्या ३० पुग्यो

      8/19/2020 गते 00 00 मा प्रकाशित     681   पटक पढिएको

पर्सामा मृत्यु पछि  एक जनामा कोरोनाको संक्रमण पुुष्टि भएको छ  । बीरगंज महानगरपािलका वडा नं १५ भिषूवाका ५७ वर्षिय पुरुषको जिन एक्सपर्ट विधिमार्फत कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत बिनय श्रीवास्तवले जानकारी दिनु भयो ।  

 

भिश्वाका पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नारायणी अस्पतालमा लगिएकोमा मंगलबार दिउँसो ३ः३० बजे मृत्यु भएको थियो । जिन एक्सपर्ट विधिमार्फत कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।

 

 भवानी अस्पतालमा उपचार गराई रहेका भिस्वाका ५७ बर्षीय पुरुषको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेज र नारायणी बयोधा मा लगिएकोमा त्यहाँ भर्ना नलिएपछि पुनः भवानी हस्पिटलमा फर्काएको थियो ।

 

भवानीमा केही उपचार पछि थप  उपचारकालागि नारायणीमा  लगिएको थियो । नारायणी अस्पतालमा पु¥याएको केहीबेरमा नै उहाँकोे  मृत्यु भएको थियो । 

 

यो सँगै वीरगञ्जमा कोरोना संक्रममणबाट कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ । साउनमा मात्रै २४ जनाको मृत्यु भएको थियो ।

हालसम्म वीरगञ्जमा पर्साका २२ जना, बाराका ५ जना र रौतहटका २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जेठ ३१ गते वीरगञ्जको घण्टाघरमा मृत भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । तर उनको हालसम्म पहिचान खुल्न सकेको छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

समाज

सशस्त्र प्रहरीका असई थमन बिक हत्याका अर्का आरोपी चौधरी जलेश्वरबाट पक्राउ

जलेश्वर । सशस्त्र प्रहरीका बल जलेश्वरमा कार्यरत असइ थमन विक हत्या आरोपीलाई महोत्तरी प्रहरील पक्राउ गरेको छ ।

मधेशका मुख्यमन्त्री सिंहद्वारा अयोध्या राममन्दिर ट्रष्टका महासचिव चम्पत रायलाई निमन्त्रणापत्र हस्तान्तरण

बीरगंज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले उतरप्रदेशको अयोध्याधाममा आयोजित तिलकोत्सव समारोहमा भारतीय पक्षलाई निम्तोपत्र हस्तान्तरण गरेका छन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.