कोराना भाइरसको संक्रमणका कारण बुधबार वीरगञ्जमा ४० वर्षीय महिलाको आज दिउँसो सवा ४ बजे मृत्यु भएको छ ।
अस्थायी कोरोना अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचाररत ति महिलाको आज दिउँसो मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
वीरगञ्जस्थित रेशमकोठी निवासी ४० वर्षीय महिलाको विगत ४ दिनदेखि स्वास्थ्यमा समस्या आएको कारण एक निजि अस्पतालमा उपचार चलिरहेको थियो ।
हिजो मंगलबार उहाँको पिसिआर परिक्षण रिपोर्ट पोजेटिभ आएपछि उहाँ लाई अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो ।
मृतक महिलामा अत्याधिक मात्रामा चिनीको समस्या र निमोनिया पनि देखिएको चिकित्सकहरुले बताएका छन् ।
आज बिहान मात्रै सङ्क्रमणबाट दुई जनाले ज्यान गुमाएको पुष्टि भएको थियो । यसैबीच बुधबार कोरोनामुक्त भएर १५ जना घर फर्किएका छन् ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार आज विभिन्न उमेर समूहका १५ जना निको भई घर फर्केका हुन् । जिल्लामा कोरोना सङ्क्रमितहरुको संख्या १६ सय काटेको छ ।
तपाईको प्रतिक्रिया