logo

कोरोनाका भाइरसको संक्रमणका कारण पर्सामा दुईको ज्यान गयो

      8/22/2020 गते 00 00 मा प्रकाशित     858   पटक पढिएको

कोरोना भाइरसको संक्रमणका कारण बीरगंजमा दुई जनाको ज्यान गएको छ । बीरगंज महानगरपालिकाको सुगौली बिर्ता निवासी ५८ वर्षिय पुरुषको नारायणी कोभिड अस्पताल बीरगंज हेल्थ केयरमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 

 

गत भदौ ४ गते उहाँको स्वाब संकलन गरी पिसिआर परिक्षण गरिएकोमा हिजो आएको रिपोटमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । उहाँमा खोकी र श्वासप्रश्वासको समस्या देखिएको थियो ।

 

कुनै पनि ट्राभल हिस्ट्री नभएका ती पुरुषको आइसियु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

    
पर्साको बहुदरमाई नगरपालिका बहुअरीका  ६१ वर्षीय पुरुषको आज बिहान ७.१० मिनेटमा मृत्यु भएको डा. निरज सिंहले जानकारी दिनु भयो  । गत भदौ ४ गते उपचारका लागि अस्पताल भर्ना हुनु भएको ति पुरुषको  आज बिहान मृत्यु भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.