logo

सानो पाइलाले संचालनमा ल्यायो ४० बेडको  अर्को पनि सामुदायिक आइसोलेशन केन्द्र 

      8/22/2020 गते 00 00 मा प्रकाशित     896   पटक पढिएको

सानो पाइलाले जिल्ला संकट ब्यवस्थापन केन्द्र पर्साको सहयोगमा बप्रगंजमा अर्को पनि सामुदायीक आइसोलेसशन केन्द्र संचालनमा ल्याएको छ । 


वीरगन्ज महानगरपालिका वडा नं २५ स्थित होटेल वाटिका ईन्टरनेशनलमा  ४० शैय्याको सामुदायिक आइसोलेश केन्द्र शुरु गरि सकिएको सानो पाइलाले बिज्ञप्ति जारी गरेर जनाएको छ । 


आइसोलेशन केन्द्रमा ४० जना कोराना भाइरसको संक्रमण पुष्टि भएका ब्यक्तिहरुलाई सेवा दिन सकिने छ । आइसोलेशन सेन्टर संचालनकालागि सम्बिधान सभाका सदस्य एवं नेपाली कांग्रेसका नेता अनिल रुङटा, प्रदेश सभा सदस्य डा. अन्जु कुमारी यादव र  बुढानिलकण्ठ स्कूलका पूर्व बिद्यार्थी समाज, सहायता नेपाल ,अमेरिका  नेपाल मेडिकल फाउण्डेशन ,राष्ट्रिय आष्किार केन्द्र  क्रियशन नेपाललसँगको सहकार्यमा सामुदायिक आइसोलेसन केन्द्र सञ्चालनगरिएको हो बिज्ञप्तिमा उल्लेख छ । 

विश्व स्वास्थ्य संगठन र   नेपाल सरकारले तोकेको मापदण्ड  अनुसार आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत कञ्चनझाले जानकारी दिनु भयो  ।

 

हामीले सरकारको स्वास्थ्य मापदण्ड अनुसारनै आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएका हौं झाले भन्नु भयो जहाँ डब्ल्यूएचओले तय गरेको मापदण्डको पालना गर्दै सङ्क्रमितहरुलाई खाने, बस्ने व्यवस्था मिलाएका छौ । आइसोलेशन केन्द्रमा आधारभूत चिकित्सकीय परामर्श तथा उपचारसेवाको पनि प्रवन्ध मिलाएको उहाँले बताउनु भयो 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.