कोरोना भाइरसको संक्रमणलाई परास्त गरेर बीरगंजमा ६६ जना ब्यक्तिहरु अस्पतालबाट घर फर्किएका छन ।
बीरगन्जस्थित दुई अस्थायी कोरोना अस्पतालमा उपचाररत ६६ जना कोरोना भाइरसको संक्रमण बाट मुक्त भएका छन ।
हेल्थ केयर र गण्डक अस्पतालमा उपचाररत विभिन्न उमेर समूहका ६६ जना आज संक्रमणमुक्त भएर घर फर्किएका छन ।
आज डिस्चार्ज भएका ६६ जनासँगै पर्सामा हालसम्म ३५० जना पुरुष र ९४ जना महिला गरी कुल ४४४ जनाले कोरोनालाइ परास्त गरेका छन । ।
यसैगरी, आज थप भएका १९ जना संक्रमितसँगै पर्सामा १५५९ पुरुष र ४३९ महिला गरी हालसम्मको संक्रमितको संख्या १९९८ पुगेको छ । यो सँगै पर्सामा सक्रिय संक्रमितको हालको संख्या १५५४ छ ।
यस्तै, पर्सामा हालसम्म १८४९१ जना व्यक्तिको स्वाब संकलन गरिएकोमा अब १७५ जनाको मात्र रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
तपाईको प्रतिक्रिया