logo

कोरोना परास्त गरेर ६१ जना घर फर्किए, २९ जनाको संघन उपचार कक्षमा उपचार हुदै

      8/29/2020 गते 00 00 मा प्रकाशित     896   पटक पढिएको

पर्सामा आज कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर ६१ जना ब्यक्तिहरु घर फर्किएका छन । बिभिन्न समयमा भएका परिक्षणमा कोरोना भाइरसको  संक्रमण पुष्टि भएकाहरु लगातार दुई पटकको परिक्षणमा नेगेटिभ आएपछि उनीहरु घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

 


संक्रमण पुष्टि भएपछि होम आइसोलेशनमा बसेका ५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छ । पोखरिया नगरपालिका अन्र्तगत होम आइसोलेशनमा रहेका ४ जना र नारायणी अयोधा अस्पतालले ब्यवस्थापन गरेको होम आइसोलेशनबाट १ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका हुन ।

 

त्यसैगरि गण्डक अस्पतालमा उपचारकालागि भर्ना भएका ५ महिला सहित १६ जना कोरोना भाइरसलाई परास्त गरेर घर फर्किएका छन ।

 

त्यसै गरि कस्थायी कोभिड अस्पताल बीरगंज हेल्थ केयर अस्पतालमा उपचार गराईरहेका ४ महिला सहित १७ जना र बीरगंजको होटेल रानी पोखरिमा ब्यवस्थापन गरिएको सामुदायिक आइसोलेशन केन्द्रबाट  ४ जना रानीसति धर्मशालामा रहेको सेमी आइसोलेसनबाट ९ जना र पोखरियामा रहेको जिल्ला अस्पतालबाट १० जना कोरोना भाइरसलाई परास्त गरेर घर फर्किएका छन ।

 

यो संगै पर्सामा जिल्लामा कोरोनालाई जितेर घर फर्किनेको संख्या ६ सय ४७ पुगेको छ । कोरोना भाइरसबाट पर्सा जिल्लामा संक्रमीत हुनेको संख्या भने  २१ सय १३ रहेको छ । आइसोलेशन वार्डमा १ सय ४ जना रहेका छन । होम आइसोलेनशमा ९ सय ३१ जना रहेका छन ।

 

त्यसैगरि ३ सय २२ जना भने सामुदायिक आइसोलेशन केन्द्रमा रहेका छन । बीरगंजमा रहेको गण्डक तथा बीरगंज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारमा रहेका मध्य २८ जनालाई सघन उपचार कक्षमा राखेर उपचार भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.