पर्सामा रौतहटका थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट गम्हरिया ३ का ३० वर्षीय पुरुष छन् ।
उनको नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयरमा उपचारको क्रममा ७ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले बताउनु भयो ।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनको उपचार गर्न नारायणी अस्पतालमा भदौ ११ गते भर्ना गरिएको थियो ।
कोरोनाको आशंकामा उनको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएपछि भदौ १२ गते उनलाई कोभिड अस्पताल हेल्थ केयरमा भर्ना गरिएको थियो ।
उपचारको क्रममा मृत्यु भएको अस्पतालका डाक्टर चौरसियाले जानकारी दिनु भयो ।
तपाईको प्रतिक्रिया