logo

मुख्यमंत्री राउतद्वारा स्व. सरावगीलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण  

      8/31/2020 गते 00 00 मा प्रकाशित     983   पटक पढिएको

प्रसिद्ध समाजसेवी चीरन्जीवीलाल सरावगीको निधन प्रति प्रदेश २ का मुख्यमंत्री लालबाबु राउतले दुःख ब्यक्त गर्नु भएको छ । सामाजिक संजाल माफर्त मुख्यमंत्री राउतले स्व. सरावगी प्रति श्रद्धाञ्जली ब्यक्त गर्नु भएको छ ।

 

 
नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले पनि एक शोक सन्देश जारी गर्दै स्व. सरावगी प्रति श्रद्धान्जली ब्यक्त गर्नु भएको छ । अध्यक्ष चौहानले स्व. सरावगीले पत्रकारितामा संलग्न भएर गर्नु भएको योगदानको समेत स्मरण गर्नु भएको ।

 

उहाँले सरावगीको अवसानले समाजले बिराट समाजसेवी गुमाउनु परेको उल्लेख गर्नु भएको छ । यसैगरि उपभोक्ता हित संरक्षण मंच प्रदेश २ का अध्यक्ष के.सी.लामिछानेले उपभोक्ताको हक र अधिकार प्रति सदैब चिन्तित रहने ब्यक्तित्वको अवसान भएको उल्लेख गर्नु भएको छ ।

 

समाजका बिभिन्न सरोरकार समुहमा रहेर समाजलाई नेतृत्व प्रदान गर्नु भएका सरावगीको अवसानले समाजलाई निकै ठुलो क्षती भएको उल्लेख गर्नु भएको छ । उहाँले सरवागी प्रति श्रद्धाञ्जली ब्यक्त गदैै शोक सन्तप्त परिवारजनमा समवेदना ब्यक्त गर्नु भएको छ ।

यसैवीच जनता समाजवादी पार्टी पर्साका अध्यक्ष राजेशमान सिंहले पनि एक शोक बिज्ञप्ति जारी गर्दै स्व.सरावगी प्रति श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।  बीरगंजका स्थापीत समाजसेवी स्व. सरावगीको असामयिक निधनले समाज र पार्टीले गम्भिर क्षती ब्यहोर्नु परेको उहाँले उल्लेख गर्नु भएको छ । उहाँले  दुःख को यो घडीमा परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस भन्नु भएको छ । 

 

यसैवीच नेपाल भारत सहयोग मंचका  महासचिव बालमुकुन्द खरेलले पनि सरावगीको अवसानले अपूरणीय क्षती पुगेको उल्लेख गर्नु भएको छ ।

 

नेपाल आदीवासी जनजाती पत्रकार महासंघ प्रदेश २ इन्चार्ज तथा प्रेस संगठन पर्साका संयोजक निरज पिठाकोटेले पनि शोक बक्तब्य जारी गर्दै सरावगीको असामयिक निधनको खबरले स्तब्ध बनाएको उल्लेख गर्नु भएको छ । 

 


बीरगंजको औधोगिक क्षेत्रको नेतृत्व ,मारवाडी परिषद र लायन्स क्लबको गर्भनर भएर समाजमा दिनु भएको योगदान चीरस्थायी रहने भन्दै मगरले भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्नु भएको छ ।

 

नेत्रज्योति सघका महासचिव श्याम पोख्रेलले पनि सरावगीको निधनले संघले असल सल्लाहकार गुमाएको भन्दै श्रद्धाञ्जली ब्यक्त गर्नु भएको छ ।

 

यसैगरि स्व सरावगी प्रति समाजका हरेक संघ संस्थाले श्रद्धाञ्जली ब्यक्त गरेका छन । नेपाल फोटो पत्रकार महासंघ पर्साका अध्यक्ष बिजय चौहानले पनि स्व. सरावगीको निधनले समाजमा अपुरणीय क्षती भएको उल्लेख गर्नु भएको छ ।

स्व. चीन्जीवीलाल सरावगीको ७८ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो । सोमवार राती १२ बजे काठमाण्डौ ग्राण्डी अस्पतालमा उहाँको निधन भएको हो । 

गएको साउन २२ गते उहाँमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि उहाँलाई उपचारकालागि काठमाण्डौ लगिएको थियो ।  


साउन २४ गते गण्डी अस्पतालमा भर्ना हुनु भएका उहाँ भदौ दुई गते कोरोना संक्रमणबाट मुक्त हुनु भएको थियो । 

। मुटु र मृगौलामा जटिल समस्या देखिएपछि उहाँको अति सघन कक्षमा राखेर उपचार गरिएको थियो । उहाको भदौ १५ गते विहान १० वजे काठमाडौं स्थित पशुपति आर्यघाटमा दाहसंस्कार भइरेको छ ।  

वीरगन्जमा २००० सालमा जन्मनु भएका सरावगी समाजसेवीको रुपमा स्थापित हुनुहुन्थ्यो । उहाँ लेवीरगन्ज उधोग बाणिज्य संघको पुर्व अध्यक्ष, मारवाडी परिषदको केन्द्रीय अध्यक्ष, लायन्स क्लवको गभर्नर लगाएत धेरै सामाजिक संघ संस्थाको नेतेत्व गरिसक्न भएको थियो । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.