logo

८० वर्षिय बृद्धको कोरोना संक्रमणका कारण मृत्यु

      8/31/2020 गते 00 00 मा प्रकाशित     665   पटक पढिएको

बीरगंजमा सघन उपचार कक्षमा राखेर उपचार भइरहेका एक ८० वर्षिय बृद्धको ज्यान गएको छ । कोरोना भाइरसको संक्रमण पुष्टि भएका  ८० वर्षीय वृद्धको सोमबार दिउँसो ३।२० मा मृत्यु भएको हो ।

 

बीरगन्ज महानगरपालिका वडा नं. २४ का ती वृद्धको उपचारको क्रममा अस्थायी कोभिड अस्पताल बीरगन्ज हेल्थ केयरमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । उहाँलाई विगत ३ दिनदेखि आईसियुमा राखेर उपचार चलिरहेको थियो ।


ज्वरो र लिभरमा समस्या देखिएपछि नारायणी अस्पतलामा लगिएकोमा गत भदौ १३ गते स्वाब संकलन गरी सोही दिन पिसिआर परिक्षण गर्दा रिपोट पोजेटिभ आएको थियो । 

 

रिपोट पोजेटिभ आएपछि नारायणीबाट उहाँलाई अस्थायी कोभिड अस्पताल बीरगन्ज हेल्थ केयरमा थप उपचारका लागि भर्ना गरिएको थियो । उहाँको कुनै पनि ट्राभल हिस्ट्री नरहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

 

योसँगै पर्साजिल्लाको मात्र  कोरोनाबाट ज्यान गुमाउँनेको संख्या ३७ पुगेको छ । जसमा एक जना बेवारिसेको पहिचान खुल्न सकेको छैन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.