बीरगंज महानगरपालिका वडा नं २० हरपतगंजका ५३ वर्षिय पुरुषको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।
नारायणी अस्थायी कोभिड अस्पताल बीरगंज हेल्थ केयरमा उपचारको क्रममा उहाँको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिनु भयो ।
उहाँको गएराती पौने १ बजे मृत्यु भएको हो । उहाँलाई साउन ३१ गते उपचारकोलागि अस्पतालमा भर्ना गरिएको थियो । उहाँमा टाईप टु मधुमेह र मिर्गौलाको रोग सम्बन्धी समस्या रहेको डा. चौरसियाले बताउनु भयो ।
वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ । साउनयता मात्रै ४८ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये पर्साका ३८ जना, बाराका १० जना र रौतहटका ४ जना छन् । एक जनाको पहिचान खुलेको छैन ।
तपाईको प्रतिक्रिया