logo

पर्सामा ५४ जना कोरोना जितेर घर फिर्ता , अहिले सम्म १ हजार ३ सय १९ कोरोना भाइरसको संक्रमणबाट मुक्त

      9/4/2020 गते 00 00 मा प्रकाशित     892   पटक पढिएको

पर्सामा शुक्रवार  ५४ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्।पर्साका विभिन्न ठाउँमा निर्माण गरिएको आइसोलेसनबाट  शुक्रबार ५४ जना संक्रमित  घर फर्किएका हुन। 


कोरोना भाइरसको संक्रमणलाई परास्त गरेर बिभिन्न उमेर समूहका ५४ जना घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। कोरोना भाइरसको संक्रमण पुष्टि भएका लगातार दुई पटकको परिक्षणमा नेगेटिभ आएपछि उनीहरु घर फर्किएका हुन। 

कोरोनाको संक्रमणबाट मुक्त हुनेमा पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनीयार ,उहाँ का बुवा शम्भु प्रसाद रौनियार, उहाँका स्वकिय सचिव राजु रौनियार,एभिन्युजका पर्सा जिल्ला संवाददाता राजन रौनियार लगायतका रहनु भएको छ। 

वीरगन्ज ड्राइपोर्ट स्थित बाटिका होटलमा निर्माण गरिएको सृमी आइसोलेसनबाट २३ जना कोरोना भाइरसलाई परास्त गरेर घर फर्किएका छन्। त्यस्तै सिद्धार्थ स्कुलको आइसोलेसनमा रहेका १५ जना ,
वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल वीरगन्ज हेल्थ केयर अस्पतालबाट ८ जना कोरोना भाइरस जितेर घर फर्केका छन् भने ५ जना गोपाल मण्डलीको आइसोलेसनका रहेका छन्। 

त्यस्तै कोरोना भाइरस जितेर डिस्चार्ज हुनेमा वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डक अस्पताल, रानीपोखरी होटल सेमी आइसोलेशन, कालिकामाई गाउँपालिकामा निर्माण गरिएको सेमी आइसोलेसनबाट १÷१ जना छन्।यो सँगै पर्सामा जिल्लामा कोरोनामुक्त भई घर फर्किनेको संख्या १ हजार ३ सय १९ पुगेको छ। 

कोरोना भाइरसबाट पर्सा जिल्लामा शुक्रबारसम्म संक्रमित हुनेको संख्या भने २ हजार ३ सय ७१ पुगेको छ भने अहिले होम आइसोलेसनमा २ सय १९ जना महिला र ६ सय ८९ जना पुरुष गरि ९ सय ८ जना रहेका छन्। आइसोलेसन वार्डमा २९ महिला र ६८ पुरुष रहेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.